तुलसीपुर
 १९ कात्तिक/ तुलसीपुर उपमहानगरपालिकाले चाडपर्वको अवसर पारेर वजार अनुगमन गरेको छ । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासो आएपछि उपमहानगरपालिकाले वजार अनुगमन गरेर व्यापारीहरुलाई सजग वनाएको हो । अनुगमनका क्रममा वजारमा फुटपाथ ओगटेर जथाभावी व्यापार गरेको, कमसल मुल्यको सामान विक्री वितरण गरेको र वढि मुल्यमा सामान विक्री गरेको पाइएको उपभोक्ता हित सरक्षण शाखाका अधिकृत नारायणप्रसाद रेग्मीले वताए ।

उनले व्यापारीहरुलाई कारवाहीको चेतावनी दिनुका साथै उपभोक्तालाइृ सजग समेत वनाइएको वताए ।चाडपर्वको समयमा फुटपाथमा समेत सामान राखेर विक्री गर्दा विभिन्न खाले दुर्घटना समेत भइरहेकोमा उपमहानगरले त्यस्ता पसलहरुलाई पनि तत्काल हटाउनका लागि अनुरोध गरेको छ । यातायात समेत अवरोध हुनेगरी फुटपाथमा पसल राख्नेलाई कारवाहीको दायरा ल्याउने समेत उपमहानगरपालिकाले जनाएको छ ।

वजारमा अनुगमनका क्रममा कतिपय व्यापारीहरुले मिति सकिएका सामान समेत विक्रीमा राखिएको पाइएको वताउँदै अधिकृत रेग्मीले त्यस्ता सामानहरुलाई तत्काल हटाउनका लागि निर्देशन समेत दिएको वताए । वजार अनुगमनका क्रममा माइकिङ गरेर उपभोक्तालाई समेत समेत वनाइएको थियो ।

अनुगमनमा इलाका प्रहरी कार्यालयका विश्वजित गौतम,तुलसीपुर उद्योग वाणिज्य संघका मिनराज भण्डारी,किराना व्यवसायी समितिका वसन्त कुमार खड्गी, कार्यपालिका सदस्य दिपक कुमाल, ट्राफिक प्रहरी तुलसीपुरका प्रमुख चन्द्रवहादुर केसी,उद्योग व्यवसाय शाखा प्रमुख चिरन्जीवी घर्ति लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया