तुलसीपुर
२० कात्तिक/ दाङको लमही–कोईलावास सम्म क्षेत्रमा पर्ने जग्गाको लागि करिब ६ करोड मुआब्जा वितरण गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर हुलाकी सडक कार्यालयले करिब ६ करोड मुआब्जा वितरण गरेको हो ।

मुआब्जाका लागि ३५ करोड आएको र मुआब्जा वितरण कार्य जारी रहेको प्रजिअ श्रेष्ठले बताए । कागजपत्र मिलेकाहरुले मुआब्जा पाईसकेको उनले बताए । मालपोत र नापी कार्यालयबाट आएका सबै फाईलको भुक्तानी गरिसकिएको उनको भनाई छ ।

मालपोत र नापी कार्यालयबाट फाईल तयार हुन ढिला भएकाले मुआब्जा वितरण पनि ढिला भएको उनको भनाई छ । अहिलेसम्म ७ किलोमिटर मात्रै लमही–कोईलाबास खण्डमा कालोपत्रे भएको छ । काम शुरु भएको नौ महिनामा २६ किलोमिटर क्षेत्रभित्रको ७ किलोमिटर सडक मात्रै कालोपत्र भएको कालीका कुमार जेभीका साईट ईञ्चार्ज राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

काईलाबाससम्मको सडकको दुरि ३३ किलोमिटर भएपनि बाँकी ७ किलोमिटर क्षेत्रमा विस्तारको काम केही समय भित्र शुरु हुने उनले बताए । सडक निर्माण क्षेत्रमा रहेको बिद्युत, खानेपानीका पाईप, टेलिफोन तारलगायतले काममा अबरोध सिर्जन गरेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया