तुलसीपुर
२० कात्तिक/ दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरुले यहाँ सञ्चालन भएका आँखा अस्पतालहरुलाई नेपालकै नमुना योग्य अस्पताल बनाउनुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालीत लमही आँखा अस्पतालले लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरुले सो कुरा बताएका हुन् ।

प्रतिनिधि सभाका सदस्य मेटमनि चौधरी, पार्वती डिसी चौधरी, विमला नेपाली, गंगा चौधरी र विष्णु पौडेलले क्षेत्र नं १ अन्र्तगत देउखुरी क्षेत्रको विकाशका लागि आफुहरु एक भएको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालीत आँखा अस्पताललाई नेपालकै नमुना योग्य अस्पताल बनाउनुपर्ने उनीहरुको भनाई थियो ।

त्यसका लागि आफुहरुले आवश्यक सहयोग गर्ने सांसदहरुको भनाई थियो । उनीहरुले यहाँ सञ्चालन भएका आँखा अस्पतालहरुको भौतिक विकाशका साथै गुणस्तरीय सेवाका लागि आफुहरुले सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद मेटमनि चौधरीले समृद्ध नेपाल र सुखी जनता बनाउने अभियानमा आफुहरु लागेको भन्दै लमही आँखा अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउन आफुहरुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

‘अस्पतालको विकाशका लागि गुरुयोजना बनाउनुहोस, यस बर्ष जनि सकिन्छ बजेट हामीहरुले विनोजन गर्ने छौं –चौधरीले भने । उनले प्रत्यक बर्ष आफुहरुले अस्पताललाई बजेट छुटाउने समेत बताए । ‘आँखा अस्पतालमा हाल भारतबाट पनि उपचार सेवा लिन धेरै आउने गरेका छन् अस्पतालको सेवालाई थप प्रभावकारी र साधान स्रोत सम्पन्न गरी नेपालै भरिबाट यहाँ उपचारका लागि आउने वातावरण निर्माण गर्नु पर्छ उनले भने । त्यसैगरी प्रतिनिधि सभाका सांसद पावती डिसी चौधरीले पनि नेपाल नेत्रज्योति संघ लाई अस्पताल विकाशका लागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताइन् ।

त्यसैगरी प्रतिनिधि सभाका सदस्य गंगा चौधरी, विमला नेपाली, र विष्ण पौडेलले पनि आँखा अस्पताललाई सुविधा सम्पन्न गराउन आफुहरुले आफनो क्षेत्रबाट र अन्य निकायहरु संग पनि सहयोग माग गरी नेपालकै नमुना योग्य अस्पताल गराउने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालन भएका तिन वटा आँखा अस्पताल र उपचार केन्द्रहरुले सिमित साधान स्रोतका बावजुत पनि सेवा प्रवाह गरेको भन्दै अव यसको विकाशका लागि जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्ने बताए ।

‘कति दिन दातृनिकायहरु संग सहयोग माग्ने अव स्थानीय स्तरबाट पनि आँखा सेवाका लागि सहयोग अपरिहार्यछ –गिरीले भने । उनले अन्धोपन निवारणका लागि स्थानीय निकायहरु संग सहकार्य गरेको समेत बताए । त्यस्तै नेपाल नेत्रज्योति संघ दाङकासहसचिव चिरञ्जीवि रिजाल, सदस्य केपी घिमीरेलगायतले आँखाको उपचार सेवा सवै दाङमै पाउने गरी आँखा अस्पतालको विकाशमा सवै लाग्नुपर्ने बताए ।

त्यसैगरी अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा। सुरेश रसाइलीले यहाँका आँखा अस्पतालहरुलाई टर्सरी लेवलको अस्पतालको रुपमा विकाश गदै अव टेनिङ्ग सेन्टरको रुपमा विकाश गर्नुपर्ने बताए । उनले हाल नेत्रसहायकको पढाई सञ्चालन गरेको अस्पतालले अव नेत्र विशेषज्ञ देखि विभिन्न पढाईहरु सुरुगर्ने गरी अस्पताललाई विकाश गर्नुपर्ने सुझाव दिए । लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया