घोराही
२० कार्तिक/ घोराही उपमहानगरपालिकाले सेवाप्रबाहलाई प्रबिधी सँग जोड्दै गएको छ । कम्प्युट प्रणालीबाट कर संकलन थालेको उपमहानगरले व्यक्तिगत घटना दर्तालाई पनि कम्प्युटर मार्फत अनलाईन प्रणालीमा जोडेको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर २ र ५ बाट कम्प्युटर प्रणाली मार्फत अनलाईनमा व्यक्तिगत घटना दर्ता गराउन सुरुभएको छ ।

बढ्दो प्रबिधिको प्रयोग सँगै उपमहानगरले व्यक्तिगत घटना दर्तालाई पनि कम्प्युटर प्रणालीबाट अनलाईन व्यक्तिगत घटना दर्तालाई व्यवस्थित गर्न थालेको हो । नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष केशबराज आचार्यले स्मृती आचार्य, आयन पाण्डेको जन्मदर्ता, आशिष भुसाल र छाया पौडेलको बिबाह दर्ताको प्रमाणपत्र प्रदान गरेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता सुभारम्भ गरेका हुन ।

यसैगरी वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि नगर प्रमुख चौधरीले मित्रलाल पाण्डेको मृत्युदर्ता र आयुषमान सिंह पछाईको जन्मदर्ता प्रमाणपत्र परिवारलाई प्रदान गरेर वडाबाटै कम्प्युटर प्रणालीबाट अनलाईन व्यक्तिगत घटना दर्ताको सुरुवात गरेका हुन  ।

यस अघि वडा नम्बर ४, ७, १४, १५ र १८ बाट उपमहानगरले जन्म, मृत्यु, बिबाह, बसाईसराई र सम्बन्ध बिच्छेदका व्यक्तिगत घटनाहरु दर्ता सुरु गरी सकेको जनाएको छ । व्यक्तिको विवरणहरुलाई सुरक्षित गर्न र केन्द्रिय पञ्जीकरण विभागमा समेत सहज दर्ताका लागि कम्प्युटर प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता थालेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया