तुलसीुर
४ मंसिर/ विभिन्न विवाह, पार्टीलगायतमा प्रयोग गरिने प्लाष्टिकका भाडाले वातावरण प्रदूषण गरिरहेको भन्दै त्यस्को बिकल्प खोज्नु पर्ने बताईएको छ । दाङलाई वातावरणमैत्री बनाउन प्लाष्टिकका सामाग्री प्रयोग बिकल्प खोज्नु पर्ने बताईएको हो । त्यसको बिकल्पमा हरेक विवहा, पार्टी, ब्रतबन्ध, चाट पसललगायतमा स्थानीय स्तरमा बनेका बनस्तीको पातबाट बनेका दुना, टपरी, प्लेटको प्रयोग गर्नुपर्ने तुलसी दुना टपरी उद्योगका सञ्चालक भिम खत्रीले बताए ।

दाङमा पछिल्लो समय वातावरण प्रदूषण बढिरहेको भनदै यसमा सचेत अपनाउनु पर्ने उनको भनाई थियो । साथै स्थानीय सरकारले प्लाष्टिकका सामग्री प्रयोगमा समेत रोक लगाउनु पर्ने उनको भनाई थियो । दाङलाई स्वच्छ र हराभरा बनाउन प्लाष्टि प्रयोग गर्न रोक लगाउनुको विकल्प नभएको उनले बताए । प्लाष्टि प्रयोगलाई रोक लगाउन भन्दै आफुहरुले तुलसीपुरबाट दुना उद्योग सञ्चालनमा ल्याएको समेत उनले बताए ।

प्रतिकृया

प्रतिकृया