तुलसीपुर
४ मंसिर/दाङ क्षेत्र नं. ३ मा सिँचाईलाई प्राथमिकता दिएर योजना छनोट गरिएको छ । स्थानीय पूर्बाधार विकास साझेदारी कार्यक्रममा सबै भन्दा बढि सिंचाईमा एक करोड ६० लाख छुट्याएको छ ।पश्चिम दाङमा सिँचाई नहुँदा धेरे खेत बाँझो रहेकाले ति खेतमा सिँचाई पु¥याउन प्राथमिकतामा राखिएको प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले जानकारी दिएका छन । त्यसपछि सडकलाई प्राथमिकता दिईएको उनको भनाई छ ।

उएका छनका अनुसार सडकमा १ करोड रुपैया छुट्याएको छ । त्यस्तै शिक्षा क्षेत्रको विकासको लागि ७० लाख, विभिन्न भवन निर्माणका लागि ४५ लाख, खानेपानीका लागि ३५ लाख बजेट छुट्याएको उहाँले बताएका छन । चार करोडका २० वटा योजना छनोट गरिएको छ । १० लाख भन्दा कम बजेटका योजना छनौट गर्न नपाईने भन्दै महत्वका आधारमा २० वटा योजना छनौट गरेको सांसद केसीले बताएका छन ।

सांसदहरुले अमर मावि उरहरीको पशु विज्ञान भवन निर्माणको लागि ५० लाख र बबई गाउँपालिकाको वडा नं. ४ र ५ पर्ने आदर्श नगर नहर विस्तारको लागि ५० लाख रुपैंया बजेट छुट्याएका छन् । त्यस्तै केसीले तुलसीपुर ६ एयरपोर्टदेखि निरंकारी भवनसम्म जाने सडक निर्माण गर्न ३० लाख,तुलसीपुर १० को नयाँगाउँमा खानेपानी विस्तार गर्न १५ लाख, तुलसीपुर १ देबीस्थानमा भवन निर्माण गर्न २० लाख, तुलसीपुर १५ मा सिंचाई योजनाको लागि १५ लाख, तुलसीपुर ८ मा भ्यूटावर निर्माण गर्न १५ लाख, तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा खानेपानी योजना गर्न १० लाख रहेको छ ।

त्यस्तै अन्य विनियोजित बजेट मध्य ववई गाउँपालिका वडा नं। ३ हंसपुर धनवाँस नहर निर्माण गर्न १५ लाख, ववई गाउपालिका चरकमटिया खानेपानी योजना निर्माण गर्न १० लाख, दंगिशरण ३ रावतगाउ निउरी पाखा लिफ्ट सिंचाई योजनाका लागि २० लाख, दंगिशरण गाउँपालिकाको मायाखोला सिंचाई योजना निर्माण गर्न १५ लाख व्यवस्था गरिएको छ ।

त्यस्तै शान्तिनगरमा थारु साउने सिंचाई योजना निर्माण गर्न २० लाख, शान्तिनगर ६ पाँचमौजा सिंचाई योजना नहर निर्माण गर्न २० लाख, शान्तिनगर २ सिमलबोट हुदै कालीदमार जोड्ने सडक विस्तार गर्न १० लाख, उमावि सिम सुन्दरपुर कृषि क्याम्पसको पोखरी निर्माण गर्न १० लाख र तुलसीपुर २ को बुद्धनगर टोलको उत्तरतर्फ सडक स्तरोन्नतिको गरी कमलपोखरी जोड्ने १५ लाख रुपैया विनियोजन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया