तिलक केसी, रोल्पा
१२ – मंसिर / नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि भएको छ । फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश÷विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको हो ।


                                                                                               ADVERTISEMENT
 


पश्चिमी पहाडमा पनि किवीको खेती राम्रो फस्टाउन थालेपछी रोल्पा गंगादेब गाउपालीका ३ का इन्द्र बहादुर खत्रीले किवी फलफुल नर्सरी फार्म सञ्चालन गरेका छन् । २८ वर्ष अघि भारतबाट ल्याएर रोपेको विरुवा फल्न थालेपछि आफू व्यवसायीक किवी खेतीगर्न लागेको उनको भनाई छ ।

उनले अहिले ३९ रोपनी जग्गामा किबी खेती गरिरहेका छन् । जसमा किबीका एकहजार बोटहरु रहेको उनले बताए । ति मध्ये ५० बोटहरु फलेका छन्, भने अरु फल्ने अवस्थामा छन् ।

किवी राम्रो उत्पादन हुने देखेपछि यतिबेला गंगदेबका अन्य ठाउँहरुमा पनि यो खेती सुरु गरिएको छ । गतबर्ष मात्र गंगादेब ३ र ४ मा ६ हजार बिरुवा वितरण गरिएको थियो । यो बर्ष १० हजार बिरुवा को माग गरिएको छ ।अहिले एउटा बिरुवाको ११० रुपैया पर्छ । गाउँपालिकाको कृषि शाखासँग समन्वय गरेको र यदि अनुदान दिएमा प्रति बिरुवा ६० रुपैयाँ सम्म पर्न जाने उनको भनाई छ ।

उनले आफ्नो फार्मबाटै चारसय रुपैया प्रति किलो किवी बिक्रि गरिरहेका छन । अहिले काठमाडौं, दाङ, सुर्खेत र रोल्पाबाट किबीको बिरुवाको अत्यधिक माग हुँदै आएको छ । फलेको बोटबाट दुईलाख आम्दानी हुने र सबै बोट फलेमा बिसलाख भन्दा बढी आम्दानी हुने उनको आँकलन छ ।

किवी तत्काल बजार नपाए कुहिएर जाने गोलभेडा खेति जस्तो नभएकाले पुस लागे पछि टिपेर राखेर एक डेढ महिना पछि बिक्री गरेर खान पनि सकिने उनले बताए । यदि बजारनै पाएन भने जुस बनाउन समेत सकिन्छ । जसको लागि जुस फ्याक्ट्री खोल्नुपर्ने उनले बताए । फ्याक्ट्री खोल्नकोलागि सरकार संग निबेदन दिएको र सरकारले फ्याक्ट्री नखोले पनि आफै फ्याक्ट्री खोल्ने योजना रहेको उनको भनाई छ ।

उनको किवी फर्मलाई वडा र गाउपालिकाले कुनै सहयोग नगरेको गुनासो समेत गरे । फार्म अवलोकन गर्न अहिले विभिन्न ठाउँबाट मानिस र संस्थाहरु आउने गरेको उनी बताउछन् । तर गंगादेब गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीलाई आफै भेटेर अबलोकनकोलागि निम्तो दिदापनि नआएको उनको गुनासो छ ।

 

प्रतिकृया

प्रतिकृया