तुलसीपुर,
१४ – मंसिर / राप्ती अञ्चल आयुर्वेद औषधालय दाङमा ल्याब सेवा सुरु भएको छ । ल्याब सेवा शुरु भएपछि बिरामीलाई सहज भएको छ । चालु आर्थिक बर्षको साउनमा ल्याबका सामाग्रीहरु औषधालयमा आएपनि ल्याबका लागि आबश्यक पर्ने जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको थिएन् ।

 


ADVERTISEMENT

ADVERTISEMENT

  




 

औषधालयमा भर्खरै एक जना ल्याब असिस्टेन्ट आएपछि मंसिरको पहिलो हप्ता देखि सेवा सुरु भएको हो । सेवा सुरु भएपछि दैनिक २÷३ जनाले सेवा लिने गरेको अस्पतालका बैद्य मञ्जितकुमार यादवले जानकरी दिए । उनका अनुसार अझै पनि पूर्बाधार अपुग हुँदा धेरै जना सेवाग्राहीलाई एकैपटक सेवा दिन सकिने अबस्था छैन् । ‘ल्याबका लागि आबश्यक सामाग्री थोरै छ’उनले भने ‘त्यसले गर्दा दैनिक २/३ जना भन्दा बढिलाई सेवा दिन सकिने अबस्था छैन् ।’

ल्याबका लागि आबश्यक पर्ने अन्य सामाग्री आएपछि दैनिक ४०/५० जनालाई सेवा दिन सकिने उनको भनाई थियो । त्यसका लागि उपमहानगरपालिका र प्रदेश सरकारमा पहल थाल्न अनुरोध गरेको उहाँले जानकरी दिए ।

निजि अस्पताल भन्दा सस्तोमा ल्याब सेवा उपलब्ध हुने भएकाले पनि सेवाग्राही धेरै आउने भन्दै त्यसका लागि आबश्यक सामग्री थप गर्नुपर्ने उनको भनाई छ । ‘बजारमा दुई हजार जति पर्छ , तर हाम्रोमा ६/७ सयमा सेवा प्रदान हुन्छ’उनले भने‘सेवा सस्तो हुनेभएपछि हाम्रोमा सेवाग्राही त, बढ्छन्,तर त्यही अनुसार सामाग्री हामीलाई उपलब्ध गराउनुपर्छ ।’

ल्याब सेवा सञ्चालनका लागि भौतिक पूर्बाधार पनि अभाब भएको उनले बताए । ‘आबश्यक भौतिक पूर्बाधार पनि छैन’उनले भयो ‘खान पकाउने कोठाका सामानहरु ब्यबस्थापन गरेर त्यसैबाट ल्याब सेवा शुरु गरेका छौं ।’ करिब तीन लाखको लगानीमा ल्याब सेवा सञ्चालनमा ल्याईएको हो । ल्याब सेवा शुरु भएपछि अञ्चल आयुर्वेद थप ब्यबस्थित बन्ने उनको भनाई छ ।

 

 

प्रतिकृया

प्रतिकृया