शिबराज पन्थी, गढवा
१६ मंसीर/ मेडीकल अफिसर लेभलको डाक्टर नहुदा उपचारका लागि सास्ती भोगेका गढवा गाउँपालिकाका नागरिकहरुलाई अब गाउँघरकै अस्पतालमा सहज ढंगले उपचार हुने भएको छ । राप्तीपारीका जनताहरुको उपचारको समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको पहलमा गढवा स्वास्थ्य चौकीमा आइतबार एमबिबिएस डाक्टरको नियुक्ती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी ले जानकारी दिएका छन ।

गाउँपालिकाको चालु अर्थिक बर्षको गाउँसभाबाट गढवाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको ब्यवस्था गर्ने पुर्व निर्णय बमोजिम आईतवार डाक्टर भरत पोखे्रललाई नियुक्ति गरिएको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताएका छन ।यसैविच गढवा गाउँपालिकाको आयोजनामा एक कार्यक्रम राखी नवनियुक्त डाक्टर भरत पोखे्रललाई स्वागत तथा सम्मान गरिएको छ ।

स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष वालचन्द्र ठकुरी हमालको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीको प्रमुख आतिथ्यमा स्वागत सम्मान कार्यक्र भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मानव स्वास्थ्य सबैभन्दा महत्वपुर्ण बिषय भएकोले गढवा स्वास्थ्य चौकीमा गाउँपालिकाले करार सेवामा एमबिबिएस डाक्टरको ब्यवस्था गरेको बताएका छन । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डा.भरत पोखे्रल, स्वास्थ्य ब्यवस्थापन समितिका सल्लाहकार शंकर पाण्डेय र सकुन्तला डिसी लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै नवनियुक्त डाक्टर भरत पोखे्रलले आफ्नै गाउँठाउँमा आफुसक्दो स्वास्थ्य सेवा प्रवाहमा सकृय रहने र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहने बताएका छन । सो अवसरमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शान्ती चौधरीले सवा करारको संझौता पत्र नवनियुक्त डाक्टर भरत पोखे्रललाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य चौकी प्रमुख कुलराज चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया