लमही
१७ मंसिर/ राप्ती नदि तटवन्ध गर्न जलस्रोत तथा सिंचाई विभाग अन्तरगत रहेको डब्लुआर पिपिएफ परियोजना र एशियाली विकास बैंकबीच राप्ती नदी तटबन्ध गर्न सम्झौता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको बिशेष पहलमा एक अरबको बजेट दाङ र बाँके जिल्लामा राप्ती नदि तटबन्ध गर्न एशियाली विकास बैंक विच सम्झौता भएको प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिए ।

दाङ र बाँके जिल्लामा जनताको तटवन्ध कार्यक्रमले पुरा हुन नसकेको स्थानमा नयाँ कार्यक्रम लागु हुने जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिए ।अहिले तबन्धको लागी स्थलगत डिजाईन सर्वे गर्ने काम चलिरहेको छ । यो आर्थिक बर्षको अन्तिममा बोलपत्र आह्वान हुने र त्यस पछि तटवन्धको कार्य शुरु हुने छ ।

राप्ती नदिको दुवै किनारमा तटबन्ध गर्ने योजना छ । राप्ती नदिमा आएको बाढिले सैयौं विगाह जमनि कटान गरेर बगरमा परिणत गरेको छ । बृहत तटबन्ध भएमा नदिले बगर बनाएको जग्गा उकास हुने छ । जनताको तबन्ध कार्यक्रम लागु भएपछि करिब १५ किलोमिटर क्षेत्रमा तटबन्ध भएको छ । जसबाट वडहरा क्षेत्रमा पाँच सय विगाह जग्गा उकास भएको छ ।

प्रतिकृया

प्रतिकृया