,

घोराही,
१८-मंसिर /  पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सिमा हेरफेरका लागि संघिय सरकारमा सिफारीस गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ को ढिकपुरका स्थानियहरुले आफुहरु वडा नम्बर ९ मा गाभिन चाहेको निबेदन वडा हुदै उपमहानगरपालिकामा बुझाएपछि उपमहानगरले उक्त पत्र प्रदेश सरकारमा पठाएको थियो ।


                                                               ADVERTISEMENT
   


प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले ढिकपुर गाउँलाई वडा नम्बर ९ मा गाभ्नका लागि संघीय सरकारलाई सिफारीस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

घोराही उपमहानगर वडा नम्बर ९ को दक्षिण तर्फ चयनपुर, उत्तरमा बकुलाई, पश्चिममा अस्परी र पूर्वमा लरैना सोता पर्ने र बिचभागमा वडा नम्बर ८ को ढिकपुर परेकाले त्यहाँका नागरिकहरु ९ नम्बरमा जान चाहेका थिए । उनिहरुले हस्ताक्षर सहितको निबेदन घोराही उपमहानगरमा पठाएका थिए ।

वडा कार्यालय पायक नपर्ने र ९ नम्बरको वडा कार्यालय पनि ८ नम्बरमा पर्ने भएकाले स्थानिय र दुबै वडाका अध्यक्षहरुको मन्जुरी अनुसार नगर कार्यपालिका बैठकले प्रदेश सरकारलाई सो पत्र पठाउने निर्णय गरेको थियो । ढिकपुर गाउँमा करिब २ सय घरधुरीका स्थानियहरुले आफुहरु ८ नम्बरबाट ९ नम्बरमा जान चाहेको पत्र बुझाएका थिए ।

अब करिब २ सय घरधुरी सहित अहिले सञ्चालनमा रहेको वडा नम्बर ९ को कार्यालय, स्वास्थ्य चौकी ढिकपुर र मावि ढिकपुर वडा नम्बर ९ मा पर्ने छन् ।

प्रतिकृया

प्रतिकृया