,

घोराही,
१८-मंसिर /  घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निबारणका लागि तत्काल सुनुवाई गर्न (रेपिड रेस्पोन्स टिम) गठन गरिएको छ । उपमहानगरको स्वास्थ्य शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरि जनस्वास्थ्य प्रर्बद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन गरिएको हो ।


                                                               ADVERTISEMENT
   


समितिको सदस्यहरुमा कार्यपालिका सदस्य टोपाकुमारी पौडेल, माया रावत, स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगी, नारायणपुर स्वास्थ्य चौकी प्रमुख राजेन्द्र हमाल, धर्ना स्वास्थ्य चौकीका भिमकान्त भण्डारी, सैघा स्वास्थ्य चौकीका चित्रबहादुर वली, नयाँ बजार शहरी स्वास्थ्य केन्द्रका राममणि शर्मा, भ्यूडरका शिबराज अर्जेल, रेखा अधिकारी र रामपुर प्रर्बद्धन केन्द्रका बिकेश रेग्मी रहेका छन ।

त्यसैगरी वडा स्तरमा पनि समुदाय स्तरीय रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय भएको छ । सम्बन्धीत वडा अध्यक्ष समितिको संयोजक रहने व्यबस्था गरिएको छ । सदस्य सचिबमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य संस्थाको फोकल पर्सन एक जना सदस्यमा रहने व्यवस्था भएको छ ।

महामारी तथा पिवद व्यवस्थापनका लागि औषधीहरु नारायणपुर स्वास्थ्य चौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रहरुमा तयारी अबस्थामा राख्ने निर्णय समेत भएको छ । उपमहानगरको जनस्वास्थ्य प्रर्बद्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपाने सहित कार्यपालिका सदस्य र स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले कुनै पनि महामारी र विपद आउनै नदिन अपनाउन सकिने उपायहरुको बेलैमा खोजी गर्नुपर्नेमा जोड दिएका छन । जनप्रतिनिधी र स्वास्थ्यका कर्मचारीहरुले पनि महामारीका साथै कुनै पनि रोग लाग्नै नदिन समाजमा सचेतना फैलाउनु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल लगाएतकाले कुनै पनि रोगबाट बच्न खानपान, सरसफाई र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिकृया

प्रतिकृया