तुलसीपुर,
२० – मंसिर / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ को बिकट क्षेत्र एकरातेमा पहिलो पटक गाडी पुगेको छ ।

यस अघि मोटरबाटो नहुँदा पैदल हिड्नु पर्ने भएपनि अहिले मोटरबाटो निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।


                                                         ADVERTISEMENT
 


शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डांगी उक्त सडकको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले गाउँपालिका भित्रका सबै बिकट क्षेत्रमा चालुआर्थिक बर्ष भित्रै मोटरबाटो पु¥याउने बताए ।

सडक नै समृद्धिको आधार भएको भन्दै उनले सडक निर्माण गर्न तर्फ आफुले सडक निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

साथै उनले मोटरबाटो संगै बिद्युत पनि जडान गर्ने बताए ।

प्रतिकृया

प्रतिकृया