रुकुम पश्चिम,
२०- मसिंर/ जिल्लाको आठबीसकोट नगरपालिका ५ का २८ वर्षीय धनबहादुर बिकले २२ वर्षीय रविन सार्कीलाई कुटपिट गरी हत्या गरेका छन् ।

गत मंसिर ७ गते आठबीसकोटको राडिबाट घरतर्फ जादै गर्दा बिकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्की माथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


                                                         ADVERTISEMENT
 


प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनभन्दा पहिला बिकलाई कुटपिट गरि घाइते बनाएका थिए । घाइतेको उपचारका क्रममा खर्च भएको दुई हजार बिकले नदिएको कारण कुटपिट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

सार्कीको उपचारको क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका बिकलाई मंसिर १० गते जाजरकोटको बगराबाट पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया