टेकबहादुर पुन, मसिंर
२०- लमही / निर्मला पन्तको हत्यापछी सरकारले न्याय दिन नसकेको भन्दै यतिबेला विभिन्न सघं सस्थाद्धारा देशै भर बिरोध प्रदर्शन भईरहेका छन् ।

यसैबिच दाङको देउखुरी बहुमुखि क्याम्पसका बिद्यार्थीहरुले पन्त बलत्कृत हत्याकाण्ड प्रति न्यायिक पहलको लागि बिहिवार लमहीमा प्रदर्शन गरेका छन् ।


                                                         ADVERTISEMENT
 


नव गठित नेपाल विद्यार्थी सँघ क्याम्पस ईकाइ समितिले आयोजना गरेको बिरोध प्रदर्शनमा बोल्ने बक्ताले सरकारको लापरबाही तथा लाचारिपनले अहिले सम्म स्वर्गीय पन्तले न्याय नपाएको बताएका थिए ।

उनीहरुले सबैले आ–आफ्नो क्षेत्रबाट न्यायिक पहलको लागी बिरोध प्रदर्शन गर्नुपर्ने कुरामा जोड दिएका थिए । क्याम्पस परिसरबाट शुरु भएको य्रालीमा बिद्यार्थीहरुले पन्तको बलात्कारी हत्यारालाई फाँसी दे भन्दै सरकार बिरुद्द चर्को नाराबाजी गरेका थिए ।

बिद्यार्थीको य्राली लमही बजार परिक्रमा गरि नगरपालिका कार्यालय हुँदै बसपार्कमा आई कोण सभामा परिणत भएको थियो ।

प्रतिकृया

प्रतिकृया