शरद रेग्मी, तुलसीपुर
२० – मंसिर / दाङमा आज देखि प्रदेश स्तरीय तेक्वान्दो प्रशिक्षण शुरु भएको छ । बिहीबार नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ को आयोजनामा बिहीबार देखि तुलसीपुरमा प्रशिक्षण शुरु भएको हो । प्रशिक्षण चारदिनसम्म चल्नेछ । १२ जिल्लाका ५० बढि खेलाडीहरु सहभागी रहेको प्रशिक्षणको उद्घाटन प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले गरेका थिए ।

 


                                                         ADVERTISEMENT
 


त्यस अवसरमा उनले नेपालमा खेलकुदको राम्रो सम्भावना र अवसर रहेको बताए । उनले खेलाडीहरु पटक–पटक बिबादमा आउदा नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा केही नकारात्मक पर्न गएको भन्दै आफ्नो जन्मभुमि, पेशा र अनुसासनलाई मुख्य प्राथमिकतामा खेल खेल्नसमेत खेलाडीहरुलाई अनुरोध गरे ।

नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डाँगी, शिक्षक नवीन कुमार श्रेष्ठलगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण तेक्वान्दो सङघ प्रदेशका महासचिव बिनिल केसीले गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया