तुलसीपुर
२० मंसिर/ पछिल्लो समय राप्ती अञ्चल अस्पताल तुलसीपुरमा जनवारको टोकाईबाट लाग्ने रेबिज बिरुद्धको सुई लगाउने आउनेको संख्यामा बृद्धि भएको छ । बिगत एकमहिना देखि पछिल्लो समय रेबिज बिरुद्धको सुई लगाउनेको संख्यामा बृद्धि भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरकी अहेब सुनिता पोख्रेलले जानकारी दिईन् ।

उनका अनुसार दैनिक ५ देखि १० जनासम्म रेबिज बिरुद्धको एण्टी रेबिज भ्याक्सिनलगायन आउने गरेका छन् ।‘पछिल्लो समय अस्पतालमा बिरुद्ध बिरुद्धको सुई लगाउन आउनेको संख्या बढेको छ’उनले भनिन् ‘दैनिक ५ देखि १० जनासम्म आउने गरेका छन् ।

अञ्चल अस्पतालमा दाङ,सल्यान, रोल्पा, बाँकेमा जनावरले टोकेका बिरामीहरु आउने गरेको अञ्चल अस्पतालमा ओजेटिका लागि आएका श्रीधर गौतमले जानकारी दिए ।


                                                         ADVERTISEMENT
 

प्रतिकृया

प्रतिकृया