तुलसीपुर,
२० – मंसिर / सभामुख कृष्णबहादुर महराले मानिसको चेतनास्तर कमी हुँदा महिला हिंसा बढिरहेको बताएका छन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बिहीबार दाङको घोराहीमा आयोजना गरेको ५ नं. प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै महराले यस्तो बताए ।


                                                         ADVERTISEMENT
 


उनले समाजमा बिद्यमान संस्कार, संस्कृति, बिकृति, बिसंगतिले पनि महिला हिंसा बढिरहेको बताए । ‘समाजमा बिद्यमान संस्कार, बिकृति, बिसंगतिले महिला हिंसा बढेका छन्’ उनले भने‘ यसलाई करेक्सन गर्न आबश्यक छ ।’

साथै महिला हिंसा बिरुद्धको अभियान अन्र्तगत सरकारले गरेको उक्त कार्यक्रमले महिला हिंसामा कमी आउने समेत सभामुख महराको भनाई थियो । यस्ता कार्यक्रमले जनताको चेतनास्तरमा बृद्धि हुने र हिंसामा कमी आउने उनको भनाई छ ।

साथै महिलासम्बन्धि ऐनमा केही थपघट गर्नुपर्ने भएमा सुझाब दिन समेत अनुरोध गरे । उनले फरक प्रसंगमा सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमको अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ठ कदम भएकाले यसलाई कार्यान्वयनमा बिशेष ध्यान दिनुपर्ने बताए ।

 

प्रतिकृया

प्रतिकृया