घोराही
११ पुस/ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताएका छन । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको र शिक्षित व्यक्तिबाटै गुणस्तरीय विकास हुने बताएका हुन ।

गुणस्तरीय र व्यवहारीक शिक्षा आजको आबस्यकता भएको भन्दै उनले व्यक्ति शिक्षत भए मात्रै दिगो र गुणस्तरीय विकास हुने बताएका छन । सामुदायिक विद्यालयमा अभिभाबक र विद्यार्थीको आकर्षण घट्दै जानुले गम्भिर प्रश्न उठाएको भन्दै नगर प्रमुख चौधरीले शिक्षकहरु प्रति सोच्ने बेला आएको धारणा राखेका छन । नगरले शिक्षा निति पारित गर्ने अबस्थामा रहेको भन्दै उहाँले अब नगरको शिक्षालाई गुणस्तरी बनाउन आबस्यक सुधारका पक्षलाई प्राथमिकतामा राखेको बताएका छन  ।

ADVERTISEMENT

  



पढाउन अल्छी गर्ने शिक्षकहरु आफै किनारा लाग्नु पर्ने बाताबरण बनाउन लागेको भन्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा बिषेश ध्यान दिन आग्रह समेत गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबरअली मियाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगर शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भटराईले सामुदायिक विद्यालयलाई टिकाउन विद्यार्थीको आकर्षण बढाउनुपर्ने आबस्यकता औल्याएका छन ।

अभिभाबक र बालबालिकाको मन जित्ने गरी गुणस्तरीय शिक्षण सिकाईमा शिक्षकहरुले आफुलाई अब्बल बनाउनु पर्नेमा उनले जोड दिएका छन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले बार्षिक गतिबिधीका बारेमा जानकारी दिएका थिए ।

विद्यालयमा बर्षेनी बालबालिकाको संख्या घट्दै गएको र बिचमै कक्षा छोड्नेको समेत संख्यामा बृद्धी भएको तथ्यांक प्रस्तुत गरेका छन । करिब ७ सय विद्यार्थी रहेको विद्यालयमा गतबर्ष मात्रै ८८ जना विद्यार्थीले बिचमै कक्षा छोडेका थिए ।

प्रतिकृया

प्रतिकृया