एउटा बोर्डर पोष्टको भरमा ८३ किलोमिटर क्षेत्र, ७७ वटा मध्य १६ सिमा स्तम्भ मर्मत हुन अझै बाँकी

दशरथ घिमिरे, दाङ
१२-पुस /  दाङको सिमा क्षेत्रमा रहेका १६ वटा सिमा स्तम्भ मर्मत गर्न बाँकी छ । मुख्य सिमा स्तम्भ ११ र सहायक ५ गरी १६ वटा सिमा स्तम्भ मर्मत गर्न बाँकी छ ।

ADVERTISEMENT

  



जस मध्य ४८ नम्बरको सिमा स्तम्भ खबरी खोलाले बगाएका कारण त्यहाँ नयाँ सिमा स्तम्भ निर्माण गर्नुपर्ने छ । दाङमा ७७ वटा सिमा स्तम्भ छन् ।

३७ वटा मुख्य र ४० वटा सहायक सिमा स्तम्भ छन् । खोलाले बगाएको सिमा स्तम्भ यसै बर्ष निर्माण गरिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।‘जोड नम्बरको सिमा स्तम्भ भारतले र बिजोड नम्बरको सिमा स्तम्भ नेपालले मर्मत गर्नुपर्ने सम्झौता भएको छ । सोही बमोजिम सिमा स्तम्भ मर्मतको काम चलिहरको छ’प्रजिअ रिजालले भने–‘खोलाले बगाएको सिमा स्तम्भ समेत यसै बर्ष बन्छ ।’

सिमा क्षेत्रको अनुगमन
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सिमा सुरक्षा कार्यालय अर्जुनखोलाका प्रमुख एपसी तुलसिराम दाहाल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख टेकराज तिमिल्सेना सहित पत्रकारको टोलीले सिमा क्षेत्रको सुरक्षा अवस्थाको बारेमा स्थलगत अनुगभन गरेको छ ।

टोलिले सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट कोईलावासका प्रमुख संग छलफल गरेको छ । साथै नेपाल भारत सिमा छुट्याउन मर्मत गरिएका सिमा स्तम्भको स्थलगत अवलोकन गरिएको छ ।

एउटा बोर्डर पोष्टको भरमा सिमा सुरक्षा
हरेक चार किलोमिटरको दुरीमा भारतीय सिमा सुरक्षा बल एसएसवीको पोष्ट छ । तर, नेपालको तर्फबाट भने सिंगो ८३ किलोमिटर लामो सिमा क्षेत्र हेर्न एउटा मात्रै सिमा सुरक्षा पोष्ट रहेको छ । जनशक्ति अभाव हुदा समेत वोर्डरमा गस्ति पेट्रोलिङ्गमा समस्या पर्ने गरेको छ ।

दाङ भित्र पर्ने सिमा क्षेत्रको दुरी ८३ किलोमिटर हो । सिमा सुरक्षाको हिसावले निकै संवेदनशिल मान्छि दाङ । ठुलै सुरक्षा चुनौती नदेखिएपनि बेला बखत सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएबिले ‘ज्यादती’गर्दा नाका क्षेत्रमा बसोवास गर्ने नागरिक आतंकित बन्न पुग्छन् । सिमा क्षेत्रको सुरक्षा अबस्था कस्तो छ ?

नेपाल र भारत संग जोडिएका ३१ वटा नाका छन् । यी नाका सम्म पुग्न नेपाली भूभागबाट सोझै सडक छैन् । गस्ती पेट्रोलिङग गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।‘सिमा स्तम्भको स्थलगत निरिक्षण गर्न समेत भारतको भूमी प्रयोग गरेर जानु पर्ने बाध्यता छ’ सिमा सुरक्षा गर्न स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलाबासका प्रमुख ईश्वरीप्रसाद खनालले भने–‘भारतिय सिमा सुरक्षा बल संग सहकार्य गरेर बेला बखतमा संयुक्त गस्ती पेट्रोलिङ्ग गर्छौं ।’

नेपालको जम्मा एउटा बोर्डर आउट पोष्ट छ । तर, भारतको ८३ किलोमिटरको दुरीमा २१ बटा बोर्डर आउट पोष्ट छ । सिमा सुरक्षामा भारतीय सुरक्षाकर्मीको उपस्थिती बाख्लो हुदाँ नेपाली सुरक्षाकर्मीको उपस्थिती उनिहरुको तुलनामा निकै न्यून छ ।‘उनिहरु(भारतीय सिमा सुरक्षा बल एसएबी) एउटा बोर्डर पोष्टमा ७०–८० जना सम्म छन् । उनिहरुको उपस्थिती बाख्लो हुदा हाम्रो उपस्थिती बोर्डरमा कमै छ’खनालले भने–‘जनशक्ति थपियो र अन्य बोर्डरमा पोष्ट स्थापना भएमा सजिलो हुने थियो ।’

चार किलोमिटरको दुरीमा भारतीय सीमा सुरक्षा वल एसएसवीको पोष्ट छ । तर, नेपालको तर्फबाट भने ८३ किलोमिटर सिंगो क्षेत्र हेर्न शसस्त्र प्रहरीको एउटा मात्रै सीमा सुरक्षा पोष्ट छ । नेपाल प्रहरीको ४ वटा प्रहरी चौकी र २ वटा अस्थायी प्रहरी पोष्ट छ । यी पोष्टमा प्रयाप्त जनशक्ति छैनन् ।

खाङ्ग्रामा नेपाल प्रहरीको सिमा प्रहरी चौकी छ । तर, यो चौकीमा प्रयाप्त दरवन्दी छैन् । नाकामा बसोवास गर्ने स्थानिय संगै प्रहरीहरुले साँझ बिहानको छाकको लागि भारतीय बजारबाट दाल, चामल, तरकारी ल्याउनु पर्ने बाध्यता छ । नाका क्षेत्रमा शसस्त्र प्रहरीले कोईलावास बाहेक तीन स्थानमा‘वोडर पोष्ट’ स्थापना गर्न सकिने प्रस्ताव गरेको छ । सडकको अवस्था नहुदा नाका क्षेत्रमा सिमा सुरक्षा पोष्ट स्थापना गर्न बन्दोबस्तीको सामान लग्न नसकिएको सिमा सुरक्षा कार्यालय अर्जुन खोलाका प्रमुख तुलसीराम दाहालले बताए ।‘सुनपथ्री नाकामा सिमा सुरक्षा पोष्ट स्थापनाको तयारी छ । पहिला डगमारामा राख्ने कुरा आएको थियो । पछि फेरी सुनपथ्रीमा राख्नेगरी स्विकृती आयो’दाहालले भने–‘बस्ने घर, पूर्वाधार नहुदा त्यहाँ जान सकिएको छैन् । पूर्वाधारको जोहो भयो भने त्यहाँ टोली जान्छ ।’

फोटो क्याप्सनः सिमा स्तम्भको स्थलगत निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल सहित सुरक्षा निकायका अधिकारीहरु । तस्विरः दशरथ घिमिरे

प्रतिकृया

प्रतिकृया