देउखुरी
२२-पुस /  लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा  दण्डिराम चौधरी निर्वाचित भएका छन ।

प्रगतिशिल प्यानल र संयुक्त लोकतान्त्रीक  प्यानलका उम्मेदवारका विचमा भएको प्रतिसप्रर्धामा प्रगतिशिल प्यानलका अध्यक्ष सहित सचिव र पाँच
जना सदस्य विजयी भएका छन् ।

ADVERTISEMENT

  



उपाध्यक्ष र कोषाध्यक्ष पदमा संयुक्त लोकतान्त्रिक प्यानलका  उम्मेदवार विजय भएका छन् । दण्डिराम चौधरीले लोकतान्त्रिक प्यानलका बिष्णुप्रसाद  वेल्वासेलाई २ सय २६ मतले पछी पार्दै चौधरी अध्यक्षमा निर्वाचित भएका छन ।  चौधरीले एक हजार एक सय ८२ र वेल्वासेले ९ सय २६ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा  लिला शाह निर्वाचित हुनुभएको छ । शाह २१ मतान्तरले विजय भएका छन। शाहले एक हजार १३ र  उहाँका प्रतिसप्रर्धी गंगा पाण्डेले ९ सय ९२ मत प्राप्त गर्नुभयो । सचिव पदमा सनमकुमार  पौडेल एक सय ९ मतान्तरले विजय भएका छन।

पौडेलले एक हजार ५५ र उहाँका  प्रतिसप्रर्धी ताराप्रसाद खनालले ९ सय ४६ मत प्राप्त गरेका छन ।  कोषाध्यक्ष पदमा जंगबहादुर चौधरी एक सय ६१ मतान्तरले विजय हुनुभयो । चौधरीले एक  हजार एक सय १ र उनका प्रतिसप्रधी हिमन्त प्रसाद पाण्डेले ९ सय ४० मत प्राप्त गरेका छन । खुल्ला सदस्यमा सवै भन्दा धेरै एक हजार एक सय ९ मत प्राप्त गर्दै वासुदेव गौतम निर्वाचित  भएका छन ।

यस्तै विष्णु गिरीले एक हजार ९०, ऋषिराज रावत क्षेत्रिले एक हजार १९ मत प्राप्त गर्दै विजय  भएका छन । यस्तै महिला सदस्यमा श्यामकला पोखरेल भुसालले एक हजार ५१ र सीतादेवी  शाहीले एक हजार ६७ मत प्राप्त गरी बिजय भएको निर्वाचन मण्डलले जनाएको छ । खानेपानी  संस्थामा ३ हजार ४० मतदाता रहेकोमा २ हजार २ सय २४ मत खसेको थियो ।

प्रतिकृया

प्रतिकृया