सल्यान,
२३-पुस /  उपचारको क्रममा ६ दिन अघि सल्यान अस्पतालमा मृत्यु भएका युवकको शव अझै पहिचान हुन सकेको छैन् ।

उनको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ । पुस १७ गते दिउँसो मृत्यु भएका युवकको पहिचान खुल्न नसकेको सल्यान प्रहरीले बताएको छ ।

ADVERTISEMENT

  



विभिन्न संचारमाध्ययम, पत्रपत्रिका र स्थानीय एफ एम रेडियोबाट जिल्लमा अपरिचित युवक भेटिएको समाचार प्रशासन तथा प्रशारण गरिएको भएपनि अझै सम्मपनि कसैले खोजीकार्य नगरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले जानकारी दिए ।

सल्यानको शारदा नगरपालिका १४ स्थित ढांरखानी जंगलमा पुस १५ गते अचेत अबस्थामा फेला परेका अन्दाजी २६ बर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाईते युववको अस्पताल सल्यानमा उपचार गराएको थियो ।

प्रतिकृया

प्रतिकृया