शंकर के सी,सल्यान
२४ पुस/ 
शंखमुलको नामलाइ सार्थक बनाउन भन्दै सल्यान जिल्लाकै प्रसिद्ध धार्मिक स्थल शंखमुलमा पार्क बनाइ ठूलो आकारको शंख स्थापना गरिने भएको छ । जिल्लाको छत्रेश्वरि गाउँपालिकाले आफ्नो पालिकाको ६ नम्बर वडामा पर्ने शंखमुलमा यस्तो योजना सञ्चालन गर्ने तयारि गरेको हो । श्री स्वस्थानी ब्रत कथामा वर्णण गरिएको छाँयाछेत्र तथा शंखमुख धार्मिक आस्थाको केन्द्र मानिन्छ ।

शंखमुलको संरक्षण सङै नया मन्दिर, हाइवेबाटै देखिने गरि ठुलो शंख स्थापना तथा पार्क बनाउन लागेको छत्रेश्वरि गाउपालिका अध्यक्ष सन्तोष केसिले बताए । राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइ देखि ५ सय मिटरको दुरिमा शंखमुल पर्दछ ।

ADVERTISEMENT

  



सत्य युगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्व परिक्रमा गर्दा सतिदेबिका बांकी रहेका सम्पुर्ण अंगहरु छायाक्षेत्रमा पतन भइसकेपछि महादेबले सोहि शंखमुलमा नुहाएको जनविश्वास छ । यस हिसावले अत्यन्तै पवित्र र धार्मिक स्थल शंखमुललाइ व्यवस्थीत गर्न योजना अघि सारिएको जनाउँदै गाउापालिका अध्यक्ष केसीले शुरुमा गाउँपालिकाको आफ्नै बजेटबाट कामको शुरुवात हुने बताए ।

शंख स्थापना, पार्कमा हुने सबै संरचनाहरुको निर्मानका बारेमा गाउपालिका प्राबिधिक हरुले काम सुरु गरिसकेका पनि उनले जनाए । महाशिबरात्रीमा शंखमुलमा ठुलो मेला र मुलमा नुहाउनेको ठूलो भिड लाग्ने गर्दछ । पार्क बन्न लागेको स्थानबाट छाँयाक्षेत्र मन्दिर करिब ५ सय मिटरको दुरिमा रहेको छ । ऐतिहासिक तथा धार्मिक स्थलमा पार्क निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

यसैविच शंखमुलबाट छाँयाछेत्र मन्दिर सम्म पुग्ने मोटरबाटोलाइ फराकिलो बनाइने भएको छ । महाशिवरात्रीमा हजारौँले दर्शन गर्ने छत्रेश्वरि सतीपिठ पुग्नलाइ साँघुरो बाटोको कारण दर्शनार्थीले सास्ती व्यहोर्नुपरेको भन्दै छत्रेश्वरि गाउँपालिकाले उक्त मोटरबाटोलाइ फराकिलो बनाएर १० मिटर चौडाइमा पुर्याउने जनाएको हो ।

उक्त मोटरबाटोको जिल्ला समन्वय प्रमुख केश बहादुर बिष्ट, छत्रेश्वरि गाउपालिकाका अध्यक्ष सन्तोष केसि, उपाध्यक्ष सिता केसि लगायत विभिन्न सरोकारवाला निकायले अबलोकन पनि गरेका छन् ।

प्रतिकृया

प्रतिकृया