तुलसीपुर
२५ पुस/ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का सचेतक शान्ता चौधरीले ‘माघी’ थारुहरुको ऐतिहासिक पर्ब भएको बताएकी छिन् ।

तुलसीपुर ५ जवरपुरमा रहेको नमूना भुह्याँर थानको आयोजना तथा थारु कल्यानकारी सभा दाङ क्षेत्र नं. ३ को सहआयोजनामा बुधबार तुलसीपुरमा भएको दाङ क्षेत्र नं. ३ स्तरीय माघी महोत्सवलाई सम्बोधन गर्दै चौधरीले मुलुकबाट कम्लरीमुक्त भईसकेको भन्दै माघीलाई थारु समुदायले बिशेष पर्बका रुपमा मनाउने गरेको बताईन् ।

ADVERTISEMENT

  



कम्लरी मुक्ति हुनुभन्दा अघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो , तर कम्लरी मुक्ति भईसकेपछि यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायले मनाउने गरेको समेत बताईन् ।

भुह्यार थानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले थारुहरुले नयाँ बर्षका रुपमा माघीलाई मनाउने गरेको भन्दै यस पर्बलाई भड्किलो, खर्चिलो भन्दा पनि सभ्य तरिकाले मनाउन आग्रह समेत गरिन् । उनले थारुहरुको नयाँ नेतृत्व चयन गर्दा सक्षम, ईमान्दार नेतृत्व चयन गर्नुपर्ने समेत बताईन् ।

थारु कल्याणकारी सभा दाङ क्षेत्र नं. ३ का अध्यक्ष महेश थारुले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा थारु समुदायको हक हितको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार दिपक बोहरा र नीता चौधरीलगायत गुरुवा, महतवालगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नारायण चौधरी, अञ्जना चौधरी, जयन्ती चौधरी, शान्ति शरुले सहजीकरण गरेका थिए । ‘थारु संस्कृती हमार पहिचान, भुह्याँर ठन्ह्वा बचैना हमार अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको माघी साँस्कृतिक कार्यक्रमको उद्घाटन पातुप्रगन्ना देशबन्ध्या गु¥वा लक्ष्मण चौधरीले गरेका थिए । महोत्सवमा थारु महोत्सवमा ४० बढि मघौटा नाच प्रस्तुत गरिएको थियो । साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरी, प्रदेशसभा सदस्य धमकली चौधरीलगायतको पनि सहभागिता थियो । 

प्रतिकृया

प्रतिकृया