शरद रेग्मी,तुलसीपुर
२५ पुस/ दाङमा आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ ।

तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डा.किसोर खत्रीले जानकारी दिए ।

ADVERTISEMENT

  



आइसियु,भेन्टीलेटर,काड्र्रीयाक,सक्सन,नेबुलाइजर,इसिजीलगायत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डां खत्रीले बताए । अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढि भएको उनले बताए ।

अब गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने उनले बताए ।

प्रतिकृया

प्रतिकृया