तुलसीपुर,
२५-पुस /   दाङमा एक थुनुवाको मृत्यु भएको छ ।

जवरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा राखिएका बगंलाचुली गाउँपालिका वडा नं. ६ निवासी ५५ बर्षीय तिलबहादुर महराको मृत्यु भएको प्रहरीले बताएको छ ।

ADVERTISEMENT

  



जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपरान्ह चारबजेतिर एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो ।

हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने सातबजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए । उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया