दशरथ घिमिरे, दाङ
२६-पुस / दाङकाे एक बिद्यालयमा शिक्षकहरूले तलव भत्ता पाएका छैनन ।
एक बर्ष देखि निजि स्राेतबाट कार्यरत शिक्षले तलव पाएका छैनन ।

राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा रहेकाे शंकर माध्यमिक बिद्यालयमा निजि स्रोतमा कार्यरत ६ जना शिक्षकले तलव भत्ता नपाएको भन्दै कक्षा बहिष्कार देखि तालाबन्दी सम्म गरे । ०७४ असार महिना देखि निजि स्रोतका ६ जना शिक्षक ले तलब भत्ता नपाए पछि बाध्य भएर आफूहरुले बिद्यालयमा तालाबन्दी गर्न पुगेको बताएका छन ।

ADVERTISEMENT

  



गाउँ पालिकाका अध्यक्ष लाेकराज केसीले अान्दोलनमा उत्रिएका शिक्षकहरु संग छलफल गरेर ताला खाेलिएकाे र निकास निकाल्न अभिभावक भेला बाेलाइएकाे बताए । १३ लाख १६ हजार निजी स्रोत का शिक्षकहरुले तलब पाउनु पर्ने छ ।

आउदो शुक्रबार अभिभावक भेला अायाेजना गर्ने र समस्याकाे समाधान गरिने गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

प्रतिकृया

प्रतिकृया