देउखुरी,
२६-पुस /  देउखुरी उद्योग बाणिज्य संघले बन क्षेत्रमा लगान थालेको महोत्सव सञ्चालन गर्न नगरपालिकाले दिएको अनुमती स्थगन गरेको छ ।

लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्योग बाणिज्य संघलाई पत्र काटेर यस अघी दिइएको अनुमती अर्को आदेश वा व्यवस्था नभए सम्म हाललाई स्थगन गर्न अनुरोध गरेका छन ।

ADVERTISEMENT

  



वन क्षेत्रमा महोत्सव सञ्चालन गर्न प्रचलित नीति नियमले रोक्ने भन्दै प्रदेश बन मन्त्रालय लगायत अन्य वन, वातावरण तथा जैविक विविधता संरक्षण संग जोडिएका संघ संस्थाले वन क्षेत्र भित्र महोत्सव लगाउन नमिल्ने बताएका छन् । वन क्षेत्र भित्र महोत्सव सञ्चालन गर्न स्टल निर्माण शुरु भएको समयमा नगरपालिकाले महोत्सव स्थगन गर्न लिखित अनुरोध गरेको हो ।

वन वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशीले प्रदेश वन मन्त्रालय, डिभिजन वन कार्यालय, लमही नगरपालिकामा वन क्षेत्रमा लगाउन थालिएको महोत्सव स्थगन गर्न माग गर्दै लिखित निवेदन दिएका थिए ।

प्रतिकृया

प्रतिकृया