शरद रेग्मी, दाङ
२७-पुस /   पृथ्वी जयन्तीको अबसरमा दाङमा शिवसेना हरुले प्रदर्शन गरेका छन ।

उनिहरुले बाम गठबन्धनको सरकारले पृथ्वीनारायण शाहको जन्माेत्सब र एकता दिवसको अबसरमा समेत बिदा नदिएको भन्दै आक्रोश ब्यक्त गरेका हुन ।

ADVERTISEMENT

  



शिवसेना नेपालले दाङको तुलसीपुर र घाेराहीमा दिनभर विभिन्न कार्यक्रमहरु गरेर पृथ्वी जयन्ती मनाएका छन । कार्यक्रममा बाेल्ने बक्ताहरुले बर्तमान सरकारले राष्ट्र निर्माताको सम्मान नगरेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

राजनीतिक दलहरूले विभिन्न बहानामा बिदेशी सस्कृतिकाे सिकाे गर्दै अन्य धर्मको प्रचारमा तल्लीन रहेकाे अाराेप समेत लगाएका छन । शुक्रबार बिहान तुलसीपुर मा शिवसेनाका कार्यकर्ताले बाजागाजा सहित प्रदर्शन गरेका छन । दाङमा शिवसेना, शाहि युवा शक्ति, राप्रपा, राप्रपा प्रजातान्त्रिक, लगायतका सस्था र राजनीतिक दलहरूले सयुक्तरुपमा विभिन्न कार्यक्रमकाे अायाेजना गरि पृथ्वीजयन्ती मनाएका छन ।

कार्यक्रममा शिवसेना नेपाल दाङका अध्यक्ष देबिराम भण्डारी, टाेपबहादुर शाह, प्रेमबहादुर शाह, असिताभ लामिछाने, ललितबहादुर वलि, देवादेबि धिताल, हंशराज केसि, लगायतले बर्तमान सरकार र स्थानीयतहहरुले राज्य एकीकरण गरेर महत्त्वपूर्ण याेगदान गरेका पृथ्वीनारायण शाहलाई अपहेलना गरेको भन्दै आक्रोश ब्यक्त गरेका थिय । कार्यक्रम सयुक्त अायाेजना समितिका सयाेजक सुरेन्द्र गिरिकाे अध्यक्षतामा भएको थियाे ।

प्रतिकृया

प्रतिकृया