रगैँचा
२७ पुस/ माघीको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम भईरहेको बेला थारु स्वास्थ्यकर्मी समाज दाङले भने सिकलसेल एनिमियाको जनचेतना फैलाएको छ ।

समाजले शुक्रबार माघीको अवसरमा एक कार्यक्रम गरि गाउँपालिका भित्रका सबै थारु समुदायलाई जनचेतना फैलाएको छ । थारुहरुको बाहुल्य रहेको गाउँपालिकामा सिकलसेलको पनि समस्या निकै रहेकाले त्यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ, भन्ने हेँतुले यस्तो कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीले बताए ।

ADVERTISEMENT

  



‘ शान्तिनगरमा पनि थारु समुदायको बाहुल्यता छ’ उनले भने ‘त्यसैले थारुसमुदायमा लाग्ने सिकलसेल एनिमियालाई न्यूनिकरण गर्न माघीको अवसरमा जनचेतना मुलक कार्यक्रम ग¥यौं ।’समाजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले शान्तिनगरलाई देशकै पहिलो सिकलसेल एनिमिया पहिचान युक्त गाउँपालिका बनाउने समेत बताए ।

आउँदा दिनमा पनि सिकलसेल एनिमियालाई चेतना प्रदान गर्न बिभिन्न कार्यक्रम आयोजना गर्ने समेत गाउँपालिका अध्यक्ष डाँगीले बताए । शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैजामा गाउँपालिका भित्रका सबै थारु समुदायलाई सहभागि बनाएर यस्तो कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा सिकलसेल एनिमिया बिज्ञ डा. राजेश्वर अर्याल, डा. बिनोद ंिसह, डा. किशोर खत्रीले सिकलसेलको बारेमा जनचेतना प्रदान गरेका थिए । उनीहरुले सिकलसेल रोगको परिचय, लक्षण, न्यूनिकरण गर्ने उपायलगायतका बिषयमा जानकारी दिएका थिए ।

जनचेतनासंगै थारु सांस्कृति झल्किने बिभिन्न प्रस्तुती पनि राखिएको वडा नं. ५ का अध्यक्ष गिरीराज बस्नेतले बताए । उनका अनुसार १३ वटा नाच प्रस्तुत गरिएको थियो । सहभागी नाचलाई एक÷एक हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जापानबाट पिएचडीको क्रममा नेपाल आएकी युका नाकामुरा, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डित, समाजका कानुनी सल्लाहकार रामशरण चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सदस्य पानफुला चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव रमेश पछलदंग्या थारुले गरेका थिए । यस्तै समाजले दाङका बिभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गरिरहेको महासचिब बिजय कुमार चौधरीले बताए । उनका अनुसार दाङका थारुहरुमा देखिएको सिकलसेल एनिमियालाई न्यूनिकरण गर्ने अभियानमा स्वास्थ्यकर्मी समाज रहेको समेत बताए ।

प्रतिकृया

प्रतिकृया