तुलसीपुर
२८ पुस / तुलसीपुरमा एक दिने माघी बिशेष सास्कृतिक कार्यक्रम भएको छ । अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण विकास मञ्च केन्द्रीय समितिको आयोजनामा शनिबार भएको सांस्कृतिक कार्यक्रममा मगर सांस्कृति झल्किने बिभिन्न प्रस्तुती राखिएको थियो । माघी मगरहरुको पनि पर्ब भएकाले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

सल्लाहकार दलबहादुर बुढामगरको अध्यक्षता तथा मञ्चका केन्द्रीय अध्यक्ष चन्द्र ज्योती बुढामगरको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

  



सांस्कृतिक कार्यक्रममा खड्ग गर्जुजा मगर, प्रेमविवस घर्ती, धिरेन्द्र शाही, खुमेन्द्र पुन मगर, तुलसा घर्ती मगर, प्रेमदेव गिरी, शान्ता घर्ती, मगर, सन्धया सोमै मगर, सुवास घर्ती मगर, ममता घर्ती मगर, नीता पुन मगरलगायतका कलाकारहरुको प्रस्तुती राखेका थिए, भने अन्य मगर सांस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निःशुल्क प्रवेशको ब्यस्था गरिएको मञ्चका राप्ती अञ्चल संयोजक खुमेन्द्र पुन मगरले बताए । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष घर्तीमगरले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया