तुलसीपुर
३० पुस/ राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट एक बर्षमा ७२ जनाले एआरटी सेवा लिएका छन् । तुलसीपुरबाटै एचआईभी÷एडस संक्रमितलाई परामर्स तथा निःशुल्क औषधी प्रदान गर्न थालिएपछि अहिले नियमित ७२ जनाले सेवा लिने गरेका छन् । सेवा लिनेमा ३४ जना पुरुष, ३४ जना महिला ४ जना बच्चा रहेका छन् ।

एआरटी सेवा प्रमुख लिकप्रसाद शर्माका अनुसार यो सेवा लिन बिरामीहरुले लाज मान्ने गरेकाले पनि उल्लेख्य रुपमा सेवाग्राहीको संख्या बढ्न नसकेको बताए । ‘यो सेवा लिन सेवाग्राहीले लाज, डर मान्ने समस्या छ’ उनले भने ‘त्यसैले सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढन सकेको छैन् ।’

ADVERTISEMENT

  



संक्रमित भएको थाहा पाएपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने भएकाले पनि यो सेवा लिन डराउने गरेको उनको भनाई छ । यसमा सचेतना प्रदान गर्न आवश्य रहेको उनको भनाई थियो । असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको बच्चामा, संक्रमितले प्रयोग गरेको सुई तथा संक्रमित ब्यक्तिको रगत अर्कोको ब्यक्तिमा पर्न जाँदा एचआईभि संक्रमण हुन सक्ने भन्दै यसबाट स्वयंम् ब्यक्ति नै सचेत हुनुपर्ने उनको भनाई छ ।

उनले संक्रमितलाई माया ममता प्रदान गर्नुपर्ने समेत बताए । साथै कर्मचारीको संख्या कम हुँदा सेवा प्रवाहमा समस्या रहेको उनको भनाई थियो । ‘यो सेवाका लागि एकजना मात्रै कर्मचारी छौं’ उनलेभने ‘एकजनाले मात्रै यो सेवा प्रदान गर्न समस्या हुने गरेको छ ।’ त्यसैले यसमा कर्मचारी थप गर्नुपर्ने समेत उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया