तुलसीपुर
३० पुस/ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा तुलसीपुर वासीलाई शुभकामना दिएका छन् ।

माघे संक्रान्ती तथा थारु, मगर, छन्त्याल समुदायको माघी पर्वको अवसरमा शुभकामना दिदै नगरप्रमुख पाण्डेले नेपालमा अनेकताभित्र एकता भएको उल्लेख गर्दै सबै नेपाली समुदायमा यस पर्वले एकता र भ्रातृत्वको भावना विकास होस् भन्ने शुभकामना समेत दिएका छन् ।

ADVERTISEMENT

  



दाङ्गका भुमिपुत्र थारुहरुको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको माघीले नेपालका विभिन्न जातजाति र भाषाभाषिका विचमा भाइचाराको सम्वन्ध कायम हुन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

“थारु जातिले मुक्तिको पर्वका रुपमा समेत मनाउने यस पर्वले हरेक जातिलाई एकताको सुत्रमा वाँध्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ” सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिकृया

प्रतिकृया