तुलसीपुर,
७-माघ /  त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा दाङको राप्ती ववई क्याम्पसले सतप्रतिसत नतिजा ल्याउन सफल भएको छ ।

पहिलो सेमेस्टरमै परीक्षामा सहभागि भएका १० जना बिद्यार्थी मध्ये सबै बिद्यार्थी उतीर्णा गराउन सफल भएको हो । सञ्चालन भएको पहिलो बर्षमै उत्कृष्ठ नतिजा ल्याउनु बिद्यालयका लागि ठूलो सफलता भएको सहायक क्याम्पस प्रमुख सूर्य शर्माले बताए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि भएको संकेत भएको उनको भनाई छ । उनका अनुसार अहिले दोस्रो समेस्टरको पढाई चलिरहेको छ । बिद्यालयका अञ्जना केसी, सागर थापा, केशव भण्डारी, प्रकाश केसी, प्रेमकुमार चौधरी, प्रतीमा बस्नेत, पुस्कर भुषाल, अनुप मल्ल, दिपेन्द्र शाह, रबीन्द्र डाँगी उतीर्ण भएका हुन् । यही भदौमा भएको प्रथम सेमेस्टरको परीक्षा भएको हो ।

ADVERTISEMENT

  



व्यवस्थापन संकाय डीनको कार्यालयले लिएको परीक्षामा सबै बिद्यार्थी उतीर्ण हुन सफल भएका हुन् । यही वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।

यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ । पहिलो समेस्टरको परीक्षा भाद्र-आश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको हो ।

प्रतिकृया

प्रतिकृया