मनिषा राई,  रोल्पा
१२-माघ / नेपाल लगायत रोल्पामा पनि दिन प्रतिदिन चिसो वढ्दै गइरहेको छ ।

केहि दिनयता हल्का बर्षासंगै जिल्लाको थवाङ गाउपालिकामा पर्ने जलजला पहाड र आसपासमा हिमपात भएर सेताम्य भएको छ भने गएरातिको हिमपातका कारण माडी गाउपालिका रोल्पा आसपासका बिभिन्न भुभागमा समेत हिमपात भएर सेताम्य भएको छ ।

ADVERTISEMENT

  



हिमपातका कारण रोल्पाको जनजिवन प्रभावित भएको छ । खास गरि चिसोले वच्चा, वच्चि र वृद्धवृद्धालाइ वढि असर गर्ने गर्दछ ।

चिसोका कारण निमोनिया, रुघाखोकी, ज्वरो जस्ता समस्याहरु आउने हुदा सबैमा स्वास्थको ख्याल गर्न घर्तीगाउ स्वास्थ्य चौकि रोल्पाले आग्रह गरेको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

साथै चिसोको समयमा खानपिनमा पनि बिशेष ध्यान दिनुपर्ने हुनाले प्याक गरीएको खानेकुराहरु नखान, लामो समयसम्म बाहिर ननिस्कन, तातो तातो कपडा लगाउन, झोलिलो पदार्थ प्रशस्त पिउन पनि सबैमा आग्रह गरीएको छ ।

अत्याधिक चिसोका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । चिसो बढेपछि गाईबस्तुलाई घाँसपात खुवाउन, जंगलमा बस्तुभाउ चराउन समस्या हुनुका साथै काठदाउरा ल्याउन समेत गाह्रो भएको स्थानीयवासीले बताएका छन् ।

देशैभरीको मौसम आज दिउँसोबाट क्रमशः खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गएराति आएको हावाहुरी संगैको हिमपातका कारण कुन्तासाघुरा खोला लघु जलबिधुत आयोजना अवरुद्ध हुदा पश्चिम रोल्पाको परिवर्तन गाउपालिका र गंगादेव गाउपालिकाको बिभिन्न वडाहरुका स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन् । बिशेष गरी बिधुत अवरुद्ध हुदा बिधार्थीहरुलाई पढ्न, लेख्न, कुटानी पिसानी गर्न लगायतको समस्या भएका छ ।

उक्त आयोजनाको मुख्य प्रशारण केन्द्रमा केहि समस्या भएको र गएरातिको हावाहुरी संगैको हिमपातले बिधुतका पोलहरु भाच्चिएको र तारहरु चुडिएको कारण बिधुत सेवा अवरुद्ध भएको हो जसको कारण साविकको राक १ राटामाटा रिपिटर टावरमा समेत समस्या आएर बिधुत संगै स्थानियहरु फोन सेवा बाट पनि बन्चित भएका छन् । उक्त टावरको समस्याले पश्चिम रोल्पा लगायत सल्यान, जाजरकोट, रुकुमको केहि भागहरु समेत प्रभावित भएका छन् । उक्त समस्यलाई चाडै हल गरे स्थानियलाई राहत मिल्ने त्यहाबाट हाम्रा प्रतिनिधि लक्ष्मण रानाले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया