तुलसीपुर
२३ माघ/ आज देखि तुलसीपुर उपमहानगरपालिका वडा न. ४ हलवारमा महायज्ञ लगाईने भएको छ । फागुन १ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलन भएको रकमले नाग देवताको संरक्षणका लागि मन्दिर गरिने भएको छ ।

महायज्ञको कथा व्यासमा राष्ट्रिय विभुषीत नारीत्न विदुषी सुश्री अनुराधा शास्त्रीजि रहनेछन्, भने देशव्यापी १०८ श्रीमदभागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्रव शर्मा रहनेछन् ।

ADVERTISEMENT

  



यस बिषयमा थप जानकारीका लागि हामीले कैलासधाम नागेश्वर मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र चौधरीसंग कुराकानी गरेका छौं । –सम्पादक

आज देखि महायज्ञ शुरु हुँदै छ, तयारी के छ ?
तयारी सबै पुरा भईसकेको छ । आजदेखि शुरु हुने महायज्ञको पूर्बसन्ध्यामा ¥याली निकाल्ने तयारीमा छौं । ¥याली पछि हामी महायज्ञ स्थलमा गएर कार्यक्रम शुरु गर्नेछौं । महायज्ञ सञ्चालनका लागि सबै संरचना पनि तयार भईसका छन् ।

महायज्ञमा के के दान गर्न पाईन्छ ?
हामीले तुला दान, भूमिदान, धन्यदान, आर्थिक दान गर्न पाउँछन् । मन्दिर निर्मााणका गर्ने पबित्र कामका लागि हामीले महायज्ञ लगाउन शुरु गरेका छौं । त्यसैले सबैले सहयोग गरिदिनुहुन पनि अनुरोध गर्छु ।

यो कार्यक्रमा देशबिदेशमा रहेका दाजुभाईदिदीबहिनी, बिभिनन संघसंस्था, राजनीतिक दल,शैक्षिक संस्थालगायत सम्पूर्णलाई एक पटक नाग उत्पति भएको स्थानको अवलोकन गरिदिन हुन पनि अनुरोध गर्न चहान्छौं ।

महायज्ञबाट कति आर्थिक संकलन गर्ने लक्ष्य राख्नुभएको छ ?
हामीले लक्ष्य त एक करोडको लिएका छौं । जहाँसम्म लाग्छ, हामी लक्ष्य प्राप्ती गर्ने छौं । किनकी हामीले महान कार्यको सुरुवात गर्ने योजना बनाएका छौं ।

मन्दिर निर्माणका लागि कति खर्च लाग्ला ?
हामीले लगभग २० लाख लाग्ने अनुमान गरेका छौं । साथै ९ लाखमा जग्गा किनेका छौं । बाटो निकाससहित हामीले डेढ कठ्ठा जग्गा किनेका हौं ।

मन्दिर निर्माण गरेपछि पर्यटक भित्रिन्छन्, भन्ने अपेक्षा हो ?
हो हामीले नागेश्वर मन्दिर निर्माण ग¥यौं, भने यहाँ स्वदेशी तथा बिदेशी पर्यटकहरु नागेश्वर देवताको अवलोकन गर्न आउनुहुन्छ । यहाँ हामीले पर्यटक भित्र्याउन सक्यौं, भने आर्थिक आम्दानी बृद्धि हुन्छ । प्रचारप्रसार गर्न सक्यौं भने दाङलाई समृद्ध पनि बनाउन सकिन्छ ।

यहाँ किन आउने पर्यटक ?
यहाँ नाग देवताको अवलोकन गर्न पर्यटक आउनुपर्छ । नागदेवताको दर्षण गर्नुका साथै आफुले मागेको कुरा पुग्ने भएकाले पनि यहाँ पर्यटक आउनु अति आबश्यक छ ।

यहाँ के के मन्दिर निर्माण गर्ने लक्ष्य राख्नु भएको छ ?
हामीले ४ वटा मन्दिर निर्माण गर्ने योजना बनाएका छौं । नागेश्वर मन्दिरसंगै शिव, गणेश, महालक्ष्मी र देवीको मन्दिर निर्माण गर्ने योजना बनाएका छौं ।

यहाँ दैनिक कति पटक नाग प्रकट हुन्छ ?
यो भन्दा ४०÷५० दिन दैनिक ४÷५ पटक नाग प्रकट हुन्थ्यो । तर हिजोआज दैनिक एकपटक मात्रै नाग प्रकट हुने गरेको छ ।

यहाँ कुन जातको नाग देखिएको हो ?
यहाँ फरक–फरक नाग देखिन्छ । रङ पनि फरक हुन्छ । साईज पनि फरक हुन्छ ।

नाग देखिएपछि महायज्ञ लगाउनुपर्छ भन्ने योजना कसरी अगाडि सार्नुभयो ?
नाग देखिएपछि यहाँ एक जना मोक्ष उद्यव शर्मा आउनुभयो । उहाँले यो नाग प्रकट भएको ठाउँलाई मन्दिर निर्माण गर्नुपर्छ, भनेर सल्लाहसुझाब दिनुभयो ।

आफुले त्यसका लागि पूर्ण सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाएपछि हामीले यहाँको बिकासका लागि पनि महायज्ञ लगाउने कुरालाई अगाडि बढाएका हौं ।

यस बिषयमा उपमहागरपालिकासंग सहयोग माग्नुभएको छ की छैन् ?
छैन् । सहयोग माग्नकै लागि हामीले उपमहानगरपालकासंग गएका छैनौं । तर हामीले उपमेयरको हातबाट मन्दिर सिलन्यास गरिसकेका छौं । त्यसबेला उहाँले यसलाई संरक्षण गर्न उपमहानगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिकृया

प्रतिकृया