दशरथ घिमिरे, देउखुरी
२३-माघ /  राजपुर गाउँपालिका वडा नं. ७ बनकट्टी स्थित श्री भयरथान सामुदायिक बनका हेरालु र छपान खर्च निकाल्न १८ हजार रुपैयाँको चेक काटियो ।

गत भदौ १८ गते काटिएको चेकमा १८ हजार अंकको अगाडी एक थपेर एक लाख अठार हजार बनाईयो । अक्षरमा पनी एक लाख थपियो । यसरी काटिएको पहिलो चेक बैंकले बदर गरिदियो ।

ADVERTISEMENT

  



सोही दिन सामुदायिक वन समुहका सचिव निमा ओलीको कृते हस्ताक्षर गरेर सामुदायिक वन समुहका अध्यक्ष रुद्रमणी गिरीले एक लाख निकाले । १८ हजार रुपैयाँ बन हेरालु र छपान खर्चको लागी उपलब्ध गराईयो ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, कोषाध्यक्ष र सचिव तीन जनाको नाममा एभरेष्ट बैंक लिमिटेड लमही शाखामा खाता छ । अध्यक्ष अथवा सचिव, अध्यक्ष अथवा कोषाध्यक्ष दुई जनाको हस्ताक्षर चल्नेगरी खाता खोलिएको छ ।

सचिवको कृते हस्ताक्षर गरेर पुस ३ गते ४० हजार रुपैयाँ निकालियो । सामुदायिक वन समुहको लेखा परिक्षण गर्दा निकालिएको बैंक स्टेटमेन्ट हेरेपछी सचिव निमा ओली आश्चर्यमा परिन । आश्चर्यमा पर्नुको कारण थियो, निर्णय बिनै र आफ्नो हस्ताक्षर बिनै एक लाख ४० हजार रुपैयाँ निकालिएको स्टेट्मेन्टमा देखिनु ।‘मैले सिक्नेचर गरेको होईन सर । मेरो कृते सिक्नेचर गरेका रहेछन्’उनले भनिन्–‘हामीले अडिट गर्दा बैंक स्टेटमेन्ट गर्दा देखियो । त्यो रकम निकाल्न मेरो कुनै संलग्नता छैन् । त्यो मेरो सही होइन, अरु कसैले गरेको कृते सही हो ।’

सामुदायिक वन समुहको खातामा रहेको कृते हस्ताक्षार गरेर निकालिएको रकम व्यक्तिगत प्रयोजनको लागी खर्च गरिएको पाइएको छ । सामुदायिक वन समुहका अध्यक्ष रुद्रमणी गिरीले सचिवको कृते हस्ताक्षर गरेर रकम निकालिएको स्विकार गरे ।‘सबै हिसाब किताव छ । मैले पैसा पनि जम्मा गरिसके’उनले भने–‘मिलन सर भन्ने, उहाँलाई समस्या प-यो । उहाँलाई दिए । मेरो एक जना अर्काे मान्छे हुनुहुन्थ्यो । उहाँलाई दिए । अहिले सबै पैसा बैंकमा जम्मा छ सर ।’

छलफल हुदा हातै हालियो
बुधबार वनकट्टी गाउँमा सामुदायिक वनमा भएको अनियमितता बारे छलफल भैरहेको थियो । स्थानिय उपभोक्ता बरुण नेपालीले कृते हस्ताक्षर गरेर रकम निकालेको बिषयमा प्रश्न राखे । उनले राखेको प्रश्नको जवाफ दिनुको साटो उल्टै उनी माथी हात हालियो ।‘सामुदायिक वन समुहको रकम कृते हस्ताक्षर गरेर निकालिएको बिषयमा प्रश्न सोध्दै थिएँ, एक्कासी म माथी हात हालियो’लमहीमा पत्रकार सम्मेलन गर्दै नेपालीले भने–‘म माथि ज्यान मार्ने सम्मका धम्की आएका छन् ।’ बरुणले आफु माथी प्रेम ओलीले हातपात गरेको दाबी गरेका छन् ।

१८ हजार रकम लेखिएको चेकको अघिल्लो भागमा एक अंक थपेर एक लाख १८ हजार पु-याइएको चेक । जुन चेक बैंकले चलाउन मानेको थिएन् ।

प्रतिकृया

प्रतिकृया