तुलसीपुर,
२४-माघ /  शिक्षा क्षेत्रमा अब्बल रहेको दाङ तुलसीपुर ६ बरुवागाउँको गोरखा माबि खेल क्षेत्रमा पनि फड्को मार्न सफल भएको छ ।

बिद्यार्थीहरुको खेल क्षेत्रको बिकासका लागि पाठ्यक्रम बनाएर अध्यापन गराउँदै आएको गोरखाले आफ्ना बिद्यार्थीहरुलाई राष्ट्रिय स्तरका खेलमा समेत पु-याएको छ ।

ADVERTISEMENT

  



गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीका अनुसार उक्त बिद्यालयमा पढ्ने अरुणा रिजालले दशौं राष्ट्रपति रनिङ्शिल्ड अन्तर्गत चारसय मिटर दौडमा नेपालकै प्रथम हुन सफल भएकी हुन् । बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई खेल क्षेत्रमा पनि अब्बल बनाउने उद्देश्यले प्रत्येक बर्ष खेल सप्ताहको आयोजना गर्दै आएको गोरखा स्कुलका बिद्यार्थीहरुले २०७४ सालमा भएको दशौ राष्ट्रपति रनिङ्शिल्डमा जिल्ला प्रथम हुन सफल भएका थिए ।

निर्देशक केसीका अनुसार २०७२ सालमा दाङ युवा मञ्चद्धारा आयोजित प्रदेश स्तरीय फुटबल टुर्नामेन्टमा प्रथम स्थान हाँसिल गर्दै एक लाख पुरस्कार प्राप्त, २०७३ सालमा दाङ जिल्ला क्रिकेट संघद्धारा आयोजित बुम रेमिट क्रिकेट प्रतियोगितामा प्रथम, २०७४ सालमा उपराष्ट्रपति चिल्ड्रेन्स खेलमा बिद्यायका छात्र चित्रबहादुर बस्नेत र करुणा रिजाल जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशमा सहभागि जनाउन सफल भएका थिए । साथै अब हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि उक्त बिद्यालयबाट २५ जना भन्दा बढि बिद्यार्थी छनौट भएका छन् ।

खेल पनि समृद्धिको एउटा आधार भएको भन्दै शिक्षासंगै बिद्यार्थीहरुको खेलको बिकासका लागि पाठ्क्रम बनाएर पठन–पाठन गराउनुका साथै प्रत्येक बर्ष खेलसप्ताह मनाउँदै आएको निर्देशक केसीको भनाई छ । उनका अनुसार यसबर्ष पनि खेलसप्ताह मनाईको छ । यही माघ १८ गतेदेखि शुरु भएको आठौ खेल सप्ताह अन्तर्गत भएका बिभिन्न प्रतियोगितामा बिजय भएका बिद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमगरि पुरस्कृत गरिएको हो । बिद्यालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसिको अध्यक्षता तथा खेलकुद बिकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्मुख आतिथ्यमा कार्यक्रम गरि पुरस्कार बितरण गरिएकोे हो । बिद्यार्थीहरुलाई चारसमुहमा बिभाजन गरेर बिभिन्न प्रतियोगितामा सहभागिता बनाईएको थियो ।

बिद्यालयका निमाबि संयोजक पूर्णबिक्रम डाँगीका अनुसार भलिबल, फुटबल, एथ्लेटिक्स, म्याराथुन, शिक्षकहरुको दौड, महिला शिक्षकहरुको कुर्सि दौडलगायतका प्रतियोगिता भएका थिए । साथै यस बर्षको ट्रफि ‘रेड हाउस’ले चुम्न सफल भएको छ । साथै ‘एल्लो’ ले यस बर्ष अनुसासनका रुपमा पुरस्कृत भएको छ । यस बर्षको स्टुडेन्ट अफ द एयर अरुणा रिजालले पाएकी छिन् ।

त्यस अवसरमा बिशिष्ट अतिथि १९ नं.बाहिनी तुललसीपुरका प्रमुख सेनानी बिष्णु बस्नेत , मध्यपश्चिम भलिबल सघका अध्यक्ष देबेन्द्र बैरागी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नबराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत, निवर्तमान अध्यक्ष बिमल रिजाललगायतले बिद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र होईन्, ब्यबसायीक शिक्षामा पनि जोड दिनुपर्ने बताएका थिए । बिद्यालयमा हुने यस्ता खेलले समग्र खेलको बिकास गर्ने भन्दै खेलको बिकासका लागि सबै बिद्यालयले यस्तो अभ्यास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अभिभावक बिष्णु रिजाललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

गोरखा स्कुल तुलसीपुरका प्रिन्सीपल बिजयमान जिएमले स्वागतमन्तब्य ब्यक्त गरेको कार्यक्रममा बिद्यालयका खेलसंयोजक मोहन सुनारले खेलकुदको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया