ओमप्रकाश गुप्ता, भालुवाङ
२७-माघ /  देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा तेस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७५ सञ्चालन हुने भएको छ ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन ४ गते देखी १४ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन हुन लागेको हो ।

ADVERTISEMENT

  



कृषि पर्यटन,व्यापार कला संस्कृतिको पहिचान, राप्ती उद्योग वाणिज्य संघको शान भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको सचिवालय प्रमुख सन्तोषकुमार योगीले जानकारी दिएका छन् । यसै बिच महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

जस अनुसार माधव भुसालको संयोजकत्वमा ३ सदस्यीय मञ्च तथा गेट निमार्ण उपसमिति, विक्रम पाण्डेको संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उपसमिति, किशोर पुनको संयोजकत्वमा ३ सदस्यीय बाल साँस्कृतिक उपसमिति, गोमाया केसीको संयोजकत्वमा ५ सदस्यीय पाहुना स्वागत सत्कार उपसमिति, श्रीधर खत्रीको संयोजकत्वमा २ सदस्यीय आर्थिक उपसमिति,सन्तोष अधिकारीको संयोजकत्वमा ३ सदस्यीय स्वम्सेवक उपसमिति, जगतप्रसाद पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय अनुगमन उपसमिति, सुरज खड्काको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक झाँकी उपसमिति, चित्रम चौधरीको संयोजकत्वमा ५ सदस्यीय कृषि उपसमिति, हरि खड्को संयोजकत्वमा ३ सदस्यीय यातायात व्यवस्थापन उपसमिति, नारायण शर्माको संयोजकत्वमा ३ सदस्य खाना परिकार व्यवस्थापन उपसमिति, टोपबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय पर्यटन व्यवस्थापन समिति र पत्रकार महेश रिजालको संयोजकत्वमा संचार समिति रहेका छन् ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा -याप्टिङ, मौतका कुवा, चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर राप्ती आइडल प्रतियोगिता समेत हुने कार्यक्रम निर्देशक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।

महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थीका लागि ४०रुपैयाँ, अपाङग, जनआन्दोलनका घाइत, दृष्टिविहिन, ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ । त्यस्तै महोत्सवमा फेन्सी स्टलका लागि १५ हजार दररेट कायम गरेको छ भने कृषि पर्यटन स्टललाई भने शुल्क नलाग्ने भएको छ । त्यस्तै महोत्सवको पहिलो दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार,तेस्रो हुनेलाई ५ हजार र झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद र प्रमाणपत्र प्रदान गरिने सचिवालय प्रमुख योगीले जानकारी दिएका छन् ।

यसै बिच महोत्वलाई व्यवस्थीत बनाउन उद्योग वाणिज्य संघले शनिवार नै सरोकारवालाहरु सँग छलफल समेत गरेको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय कला संस्कृति, स्थानीय स्तरमा उत्पादित बस्तुलाई ग्राहयता दिनु पर्ने सुझाव दिएका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे, नेकपा विप्लपका भिमप्रकाश पुन, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरि भुसाल र पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले सुझाव सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव सुरज खड्काले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया