तुलसीपुर,
२७-माघ /  दाङ तुलसीपुरको अरनीको मैदानमा आईतवारदेखी राजकुमार स्मती ईन्टर स्कुल टि – २० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीले संयुक्तरुपमा क्लबका सस्थापक अध्यक्ष स्व. राजकुमार श्रेष्ठको स्मृतिमा शुरु भएको प्रतियोगिताका आईतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ब्याटिङ, पूर्ब राष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ र रोटरी क्लब अफ तुलसीपुरका पूर्बअध्यक्ष अनुपकुमार श्रेष्ठले फिल्डिङ गरेर खेलको उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

  



रोटरी क्लबका भाबि अध्यक्ष देवबहादुर केसी तथा राट्रयाक्ट क्लबका अध्यक्ष रुपेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पूर्बअध्यक्ष अनुपकुमार श्रेष्ठ, पूर्ब राष्ट्रिय खेलाडी शक्ति गौचनको सम्मानित आतिथ्यमा खेलको उद्घाटन गरिएको हो ।

साथै आईतबारदेखि शुरु भएको पहिलो खेलमा चन्द्रोदय बिद्याकुन्ज जसपुरलाई २५ रनको अन्तरले पराजित गर्दै गोरखा माबि तुलसीपुर बिजय भएको छ । टस जितेर ब्याटिङ गरेको गोरखाले १४.४ ओभरमा अलआउट हुँदै ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जसमा अचुत थापा ३३, समीर शर्मा २० र प्रथम शर्माले १० रनको योगदान दिएका थिए । बलिङतर्फ चन्द्रोदयका मनोज बस्नेत ३, सुरेश वली २, भेषराज बस्नेतले १ विकेट लिन सफल भए । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने अच्युत थापा म्यान आफ दि म्याच घोषित भए ।
आज सोमबार ८ बजे तुलसी माबि र डिभाईन टेम्पल भिड्नेछन् ।

बिद्यालय स्तरमा खेलकुदको पहुँच अभिबृद्धि गर्न आयोजना गरिएको प्रतियोगितामा १२ बिद्यालयले सहभागिता जनाएका छन् । फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ३० हजार ट्रफि,मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद २० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्यबाट बेस्ट ब्याट्सम्यान,वेस्ट बलर,वेस्ट फिल्डर ,म्यान अफ द सिरिज,राईजिङ प्लेयरलगायतका बिधामा पुरस्कृत छ । त्सस अवसरमा पूर्ब राष्ट्रिय खेलाडी गौचन र पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया