दाङ,
२८-माघ /  दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशीक अस्पताल ( साबिक अञ्चल अस्पताल)मा सञ्चालनमा ल्याईएको फार्मेसी नाफामा गएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा साढे सातलाख बढि आम्दानी गर्न सफल भएको छ ।

ADVERTISEMENT

  



अस्पतालका फार्मेसी ईञ्चार्ज सुलभ अधिकारीका अनुसार चालुआर्थिकबर्षको पुससम्म सात लाख ५६ हजार एकसय ७८ रुपैयाँ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्यखर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाई छ ।

साथै चालुआर्थिक बर्षको ६ महिनामा बिरामीलाई ८ लाख ६६ हजार ८ सय ४० रुपैयाँ छुटप्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशीक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो ।

अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करिब १४ लाख ४३ हजार तीनसय ८८ रुपैँया बचत रहेको उनको भनाई छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म ३६ लाखभन्दा बढि बराबर बिरामीलाई छुट दिईसकेको उनले बाए ।

अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत भएको बन्ने गरेको उनको भनाई छ । उनका अनुसार औषधीको प्रकार अनुसार ५ देखी ५० प्रतिसतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करिब नौ सय प्रकारका उपलब्ध रहेको अधिकारीको भनाई छ । उनका अनुसार औषधी टेण्डर प्रक्रियाबाट सहजै औषधी उपलब्ध हुने गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गरिएको उनले बतए ।

अहिले अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ । निजि अस्पताल भन्दा सस्तोमा औषधी पाउन थालेपछि फार्मेर्सीको काउण्टरमा भिड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्मालेब बताए । उनका अनुसार अस्पतालको फार्मेसीबाट दैनिक ५० हजार बराबरको औषधी बिक्री हुन्छ ।

कर्मचारी अभाव
अहिले फार्मेसी सञ्चलनका लागि ४ जना कर्मचारी मात्रै कार्यरत रहेको उनले बताउनुभयो । एक जना फार्मेसी ईञ्चार्ज र अन्य तीन जना फार्मेसी असिस्टेण्ट कार्यरत रहेका उनको भनाई छ । तर फार्मेसीका लागि थप एक जना कर्मचारी आबश्यक रहेको र त्यसका लागि अस्पताल बिकास समितिसंग पनि कुरा राखिसकेको उनले बताए । अहिले मंगलबार राती बाहेक अन्य बार २४ अ‍ैं घण्टा सेवा प्रदान गरिरहेको उहाँको भनाई छ । एक जना कर्मचारी पुरा भएमा सातै बार २४ अ‍ैं घण्टा सेवा प्रदान गर्न सहज उनको भनाई छ ।

डाक्टर सुत्ने र स्टोर कोठा एउटै
अहिले फार्मेसी सञ्चालनका लागि दुई वटा कोठा मात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी ईञ्चार्ज सुलभ अधिकारीले वताउ । औषधी स्टोरका लागि दुई वटा कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठाहरु आबश्यक भएको बताए । ‘अलिहे डाक्टर सुत्ने र स्टोर गर्ने कोठा एउटै छ’ उनले भने ‘ हामीलाई अझै केही स्टोररुमहरु आबश्यक छन् ।’

‘स्थानीय तहमा फार्मेसीको दरबन्दी आबश्यक’
नेपाल फार्मेसी संघ दाङका अध्यक्ष समेत रहनुभएका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्ने समेत बताए । उनका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भएपनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधी दिने गरिएको छ ।

प्रतिकृया

प्रतिकृया