बालकृष्ण पाण्डे, बबई
२८-माघ /  पशुको बिकासका लागि दाङ बबई गाउपालिकाले पशु कृत्रिम गर्भाधान गर्न शुरु गरेको छ ।

गाउँपालिकाको पशुसेवा शाखा प्रमुख श्याम चौधरीले गाई,भैंसी र बाख्राहरुमा कृत्रिम गर्भाधान गर्न शुरु गर्न लागेको बताए ।

ADVERTISEMENT

  



उनले गाई र भैसीमा कृत्रिम गर्भाधान गराउदा दुध उत्पादनमा बृद्धि हुने तथा बाख्राहरुमा गर्दा मासुमा बृद्धि गर्ने उद्देश्यले यो सेवा शुरु गरेको भन्दै यसले किसानहरुलाई पनि सहजता ल्याउने बताए ।

किसानले कार्यालयमा ल्याउँदा एकसय रुपैयाँ मात्रै लाग्ने तर घरमै गएर सेवा दिदा भने ठाउ अनुसार यातायात शुल्क लाग्नेछ ।

गाउँपालिकाले नै यो सेवा शुरु गरेपछि कृत्रिम गर्भाधानकै लागि चर्को शुल्क तिर्नुपर्ने अबस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बतए ।

प्रतिकृया

प्रतिकृया