दुरविन विधिवाट पित्त थैलीको पत्थरी, हर्निया र अरु जटिल रोगहरुको उपचार हुन्छ:चिकित्सक भट्ट
निशान दाजु भट्टराई, घोराही
२९ माघ/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दुरविन विधिवाट अप्रेसन सेवा सुरु भएको छ । प्रतिष्ठानले सोमवारदेखी नयाँ सेवा विस्तारसंगै दुरविन विधिवाट अप्रेसनको सेवा दिन सुरु गरेको हो ।

अस्पतालमा उपचा्र गर्न आउनु भएकि २६ वर्षिय सुन्तली चौधरीको एपेन्डिक्सको अप्रेसन दुरविन विधिवाट गरेर अस्पतालले आफ्नो सेवा शुभारम्भ गरेको अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा.गकुल भट्टले जानकारी दिएका छन । तिन दिनदेखी लगातार पेट दुखेर विरामि पर्नु भ्रएकि चौधरी अस्पताल भर्ना भएका थिए ।

ADVERTISEMENT

  



चौधरीको एपेन्डिक्सको अप्रेसन सफल भएको अस्पतालको इमरजेन्सिको इञ्चार्ज समेत रहनु भएका भट्टले बताएका छन । अस्पतालमा पहिलोपटक दुरविन विधिवाट अप्रेसन सेवा सुरु गर्ने कार्यको थालनि गरेकोमा आफु र अस्पतालका चिकित्सक धेरै नै खुसि भएको भन्दै अस्पतालले अव नयाँ सेवाहरु दिएर व्रिामिको मन जित्ने पनि बताएका छन ।

‘म धेरै नै खुसि छु–विरामिको अप्रेसन सफल भएसंगै प्रतिक्रीया दिदै उपचारमा संलग्न डा। भट्टले भन्न्भयो–अस्पतालमा उपचार गर्न आउने दुरदराजका सर्वसाधारण विरामिलाई सेवा लिन अझ सहज हुनेछ ।’

उनले आफुहरु सेवाभावले काठमान्डौवाट दाङमा काम गर्न आएको भन्दै उदेश्य अनुरुपकै काममा कटिवद्ध भएर लाग्ने बताएका छन ।

डा. भट्टले अस्पताल प्रशासन र सम्वन्धित निकायले विरामिको उपचारमा आवश्यक पर्ने अत्यावस्यकीय स्रोत र साधन बढाउदै लैजानुपर्ने आवश्यक्ता औल्याएका छन।

हालसम्म सो अस्पतालमा गरीएको यो अप्रेसन पहिलोपटक हो । आगामि दिनमा यस्ता साना तथा ठुला अप्रेसनको सेवा विस्तार गर्दै लैजाने डा. भट्टले बताएका छन ।

सर्जन डा. गकूल भट्ट , भर्खर आउनु भएका सर्जन डा। ईश्वरी भुसाल, सर्जन डा. मनिस गौतम, र बिरामीलाई बेहोस बनाउने डा.रिचा लगायतको टोलिले दुरविन विधिवाट चौधरीको सफल शल्यक्रीया गरेका थिए ।

दुरविनवाट एपेन्डिक्सको अप्रेसन भएसंगै अब केहि दिनमै पित्त थैलीको पथ्थरी, हर्निया र अरु जटिल रोगहरुको उपचार पनि गरिने उहाले जानकारी दिएका छन ।

दुरविन विधिवाट कसरी उपचार गरीन्छ ?
सानो प्वाल बनाएर दुरबिनको माध्यमले पेट भित्रको भिडियो टेलिभिजनमा ल्याइन्छ ।

टेलिभिजनमा हेर्दै दुरविन विधिवाट अप्रेसन गरीन्छ । यसवाट विरामिलाई मुख्य फाइदा भनेको बिरामीलाई चिर्नु पर्ने दुख बाट छुटकारा हो।

अप्रेसन यति छिटो हुन्छ कि सामान्यतया तेस्रो चौथो दिनबाटै काममा फर्कन सकिन्छ । शरीरमा नराम्रो दाग हुदैन । चिरफार नहुने भएकाले शरीरमा घाउ पाक्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

चिरेर गर्दा दागमा हर्निया हुने सम्भावना हुन्छ भने दुरबिन बाट गर्दा ज्यादै कम सम्भावना हुन्छ । तर यो प्राविधिकरुपमा गार्हो हुन्छ, जो कोहिले सहजै गर्न सक्दैनन् र उपचारका लागि आवश्यक पर्ने सामानहरु केही महँगो पनि हुन्छ । डा। भट्टले अस्पतालमा दुरविन विधिवाट अप्रेसन गर्दा अस्पतालले तोकेको न्युनतम शुल्कमा गर्न सकिने जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया