युबराज धिताल, तुलसीपुर
हावा अनि म,

कार्तिक महिना, साझपखको चिसो हावा सररर चल्यो। माथि छतको उत्तरतिरको कुनामा बसेर हेरिरहेको मेरो आखामा त्यही चिसो हावाले हान्यो , आँखा हुँदै भित्र मुटु , मुटु हुँदै तेहि मुटु भित्रको सानो मनको कुनामा छोएर गयो त्यही हावा। हो त्यही हावा जुन हावाले तिम्रो कोमल अनि चौडा निधारमा झरेको घुम्रेको कपाल आँखा अगाडी ल्याएर हल्लाइदिन्थ्यो ।

त्यही हल्लिएको कपाल हावालाई दुश्मन सम्झेर तिम्रो कानको पछाडी लगेर मिलाइदिने मेरो सुन्दर कल्पना तिम्रो निस्वार्थ हासोमा मिसिएर कहाँ कहाँ पुग्थ्यो। नदिको तिरै तिर तिमी हिंड्दा त्यही चिसो हावा छल्न ओढेको तिम्रो रातो सलको कुना फर-फर हल्लिदा टाढा देखि तेहि सलको फर्फराएको कुना हेरेर फुलैफुलको बगैचामा मेरो मन कहाँ कहाँ उडथ्यो।

अन्जान तिमिलाई केही थाहा थिएन यो हावा अनि हावा सङै मिसिएको माया। तिमी त मेरो कल्पनामा थियौ, सपनामा थियौ। तिमी र त्यो चिसो हावाको के सम्बन्ध ? चिसो हावा र तिमी हिड्ने नदि किनारको के सम्बन्ध ? के सम्बन्ध तिम्रो घुम्रेको कपाललाइ आँखा अगाडि ल्याएर सताउने त्यो हावाको ! सम्बन्ध छ त म सङ्ग छ। यो चिसो हावाले मलाइ कैले बिर्सेन या भनौ मैले त्यो चिसो हावालाई कैले बिर्सिन सकिन।

माथि चौतारिमा बसेर तेहि हावाले फर्फराएको तिम्रो सल सङ्गै हिडिरहेकि तिमी बिस्तारै मेरो आखाबाट हराउदै गयौ।हेरिरहे फर्केर आउछेकी भनेर। तेहि चिसो हावामा चराहरुको हुल मिसिएर आयो, तेहि चिसो हावामा कुहिरो डम्म भरिएर आयो अनि आयो सुनौला घामका किरन । प्रतेक दिन तेहि चिसो हावासङ्गै आयो चराको हुल, कुहिरो अनि फेरि सुनौला घामका किरन तर तिम्रो रातो सल फर्फराएर कहिले फर्केन।

निधार माथिको घुम्रेको कपाल कहिले फर्फराएन। आशाका झिना त्यान्द्रा सङ्गालेर पर्खिबसेको मेरो मनलाइ त्यही चिसो हावाले सधै साथ दिरह्यो अटल अमर बनेर तर त्यो रातो सलको कुना कहिले फर्फराएन।यो तिहार सकेपछिको कार्तिक महिनाको हावा बर्षको अरु महिनाहरुमा लाग्ने हावा भन्दा एक्दमै फरक लाग्छ मलाइ । सायद मलाई मात्र ।

तेसपछिका प्रतेक कार्तिकमा तेहि पिपलको छेउमा तेहि चिसो हावाको स्पर्श गर्न अनि तेहि रातो सलको फर्फराएको कुनाको आभास पाउन मन लाग्छ, बिनाकुनै थकान। थकानको त के कुरा पिपलमुनिको हरेक पल हरेक क्षण नौलो अनि सुनौलो आभास हुन्छ।तिमी फर्केर आउने आशामा पिपलको पातमा तिम्रो नाम कोरेर घन्टौ बिताउदा पनि अलिकती थकाइ र अल्छिपन लागेन मलाइ। हजार भन्दा धेरै पिपलका पातमा तिम्रो नाम लेख्दासम्म पनि तिमी फर्केर आएनौ र त म पनि कहिलेइ नफर्किने गरि तेहाबाट हिंडेको थिए अनि धेरै बर्ष हराए तिम्रो याद हराउन।

अब त दस बर्ष भन्दा धेरै भैसकेछ। बिदेशको तातो हावामा श्वास फेर्दा फेर्दा थकित मेरो मन घर फर्केर माथी घरको छतमा बस्दा फेरि तेहि हावाले चस्स छोयो । बिहानै उठेर तेहि पिपलको रुखमुनि उभिए, उदासलग्दो उराठ लाग्दो। बुढो भैसकेको अनि सबै जराहरु जमिनमाथि निकालेर मर्ने दिन पर्खेर बसेको बुढो मान्छे जस्तो रुखलाइ हेरे मन खिन्न भयो।तलतिर तिमी हिड्ने नदिको किनारको बाटो कता हराइसकेछ। तिम्रो मायाको लागि कहिले निरास नभएर एक्लै घन्टौ बस्ने ठाउ आज उराठ उदास देख्दा आँखा तेसै रसाए। अचानक पिपलका पातहरु बजेको आवाज आयो। तेहि चिसो हावा चलेको आवाज।

चराहरु हुल भुरभुर गर्दै उडे। तल अबिरल बगिरहेको नदिको तिरबाट कुहिरोलाइ छेडेर आएको हावा फेरि पिपलको पात हुँदै मेरो मुटुमा ठोक्किन पुग्यो। मुटु हुँदै मुटु भित्रको सानो मनको कुनामा बिस्तारै छोयो । मेरा पाइलाहरु अन्जानमै अघि बडे कहिले नफर्किने गरि तिमी जस्तै कहिले नफर्किने गरि।

प्रतिकृया

प्रतिकृया