घोराही,
१२-कार्तिक / आगामी मंसिर २१ गते हुने संघ र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि दाङमा छनोट भएका म्यादि प्रहरीलाई तालिम दिन सुरु भएको छ । छनोटमा सफल भएका १ हजार ५ सय ९३ जना जना म्यादि प्रहरीलाई आज देखी तालिम दिन सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका ६ वटा प्रहरी कार्यालयहरुमा तालिम दिन सुरु गरिएको दाङका प्रहरी प्रमुख एसी दुर्गा सिंहले जानकारी दिएकी छिन । जिल्ला प्रहरी कार्यालय घोराही, ईलाका प्रहरी कार्यालय तुलसीपुर, ईलाका प्रहरी कार्यालय खिलतपुर, हेकुली, गढवा र वडा प्रहरी कार्यालय लमहीमा तालिम सुरु भएको उनले जानकारी दिइन ।

म्यादी प्रहरीलाई शारिरीक अभ्यास सँगै सुरक्षा कसरी कायम गर्ने भन्ने बिषयमा आन्तरिक र बाह्य बिषयमा म्यादि प्रहरी निर्देशिका अनुसार तालिम दिईने भएको छ । म्यादि प्रहरीमा पुरुष तर्फ एक हजार १ सय २३ र ४ सय ७० जना महिला छनोटमा परेका छन् । साथै प्रहरीले ३ सय १९ जनालाई बैकल्पीकमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी विसीले जानकारी दिनुभएको छ ।

म्यादि प्रहरीका लागि ४ हजार ९ सय ८५ जनाले फारम भरेका थिए । ५५ दिनका लागि भर्ना भएका म्यादिले प्रहरी जवान सरहको सेवा सुबिधा पाउने भएका छन् ।




प्रतिकृया

प्रतिकृया