आज हाम्रो समाज जसरी विकास हुँदै गईरहेको छ । त्यसरी नै व्यक्ति तथा मानिसहरु पनि आ–आफ्नै तरिकाले अर्थात व्यक्तिगत स्वार्थ, झगडा, लोभ, क्रोध, असहिस्नुता, साम्प्रदायीकता, भाषागत विभेद जस्ता सागुरो सोचवाट गुज्रिरहेको छ । यस्तो सोँचवाट ग्रसित हाम्रो समाजलाई सकारात्मक रुपान्तरण गर्नु एउटा चुनौती हाम्रो लागि रहेको छ । साथै यो महत्वपुर्ण विषय बन्न गएको छ । त्यसैले यस विषयका वारेमा चर्चा गर्नु सान्द्रभिक ठानी यस अंक मा विषय उठान गरिएको छ ।

 

त्यसले आज हामी चर्चा गर्दैछु नैतिक शिक्षाका वारेमा जसको ज्ञान र प्रयोग वाल्य अवस्थावाट नै हुनु पर्दछ । शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगवाट हरेक व्यक्तिले आफुलाई सक्षम बनाउन सक्दछ । शिक्षा कै माध्यमवाट व्यक्तिले आफ्नो क्षमता , व्यवहार , उदेश्य, समाजप्रतिको अवधारणा र प्रयावरण सम्बधि  सोँचको विकास गर्दछ । यी सबै क्षमताहरुको अभिबृद्धिकालागि मानिस नैतिकवान हुनु त्यत्तिकै जरुरी हुन्छ ।

नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसको माध्यमवाट असल व्यक्ति, असल समाज , र असल चरित्र को निर्माण गर्न सक्दछौ । नैतिक शब्द आफैमा नीति+इक मिलेर बनेको शब्द हो जसको अर्थ निती हरुको पालन गर्नु हो । जव मानिसहरुवाट नीतिको पालन हुन्छ । तव मात्र समाजमा सकारात्मक सोच को विकाश हुन्छ । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदै जान्छ र समाज सकारात्मक तरिकावाट अगाडि बढ्दै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार, विनम्रता,सद्भाव,प्रेमभाव , श्रद्धा , परोपकार जस्ता सकारात्मक पक्ष ले स्थान पाउदछन् ।

तर आजको समाज यस मुल्य र मान्यतावाट निकै नै टाढा भएको आभाष मिल्दछ र हो पनि । त्यसकारण पनि नैतिक शिक्षा आजको अपरिहार्य आवस्यकता हुन पुगेको छ । त्यसैले यसको अध्ययन र प्रयोग पुर्व प्राथमिक तह वाट लागु हुनु पर्दछ । हुनत पुर्व प्राथमिक तह सम्मका वाल–वालिकाका लागि सिक्ने नैतिक शिक्षा घर परिवार मै न–सिक्न सक्ने पक्कै होइन,तर यसलाई अनिवार्य सिकाइको रुपमा राख्नु पर्ने आवस्यकता देखिन्छ ।

पुर्व प्राथमिक तहवाटै यस शिक्षा को माद्यामवाट स–साना वाल–वालिकामा राम्रो सस्कार, राम्रा मुल्य मान्यताका कुरालाई व्यवहारिक प्रयोग सहित सस्कारको रुपमा विकशित गराउनु पर्ने हुन्छ । जब हामीले सानै उमेरवाट वाल–वालिकामा राम्रा सु–बिचारहरु आत्मासाथ गराउन सक्छौ तव मात्र उनीहरुको भविष्य राम्रो हुन सक्दछ । उनीहरुले असल व्यक्तित्वको पहिचान पाउन सक्दछन । फलस्वरूप असल समाज निर्माणका लागि असल नागरिक को रुपमा आफुलाई स्थापित गर्न सक्दछन । त्यसैले शिक्षाको व्याहारिक पक्षलाई बढि जोड दिनेखालको बनाउनु अन्यन्त जरुरी रहन्छ । आज भोली अभिभावक र वाल–वालिकाका बीचमा हामीले दुरी बढेको पाउछौ । अभिभावकहरुमा महँगो स्कुलमा अध्ययन गराउने प्रचलन देखिन्छ । अपेक्षा ठुलो पनि यसका वाबजुत नतिजा समग्रमा सकारात्मक देखिदैन । कागजी अध्ययनले मात्र नपुग्दो रहेछ । त्यसैले पनि नैतिक शिक्षाको व्यवहारिक प्रयोग हुनु जरुरी छ । त्यत्तिकै महत्वपुर्ण कुरा अभिभावक पनि नैतिकवान हुन जरुरी छ । शिक्षक,अभिभावक तथा समग्र समुदायले नैतिक आचरणलाइ महत्व दिने हो भने वाल–वालिकामा पनि त्यही अनुसारको प्रभाव पर्न जान्छ । अनि मात्र उर्जाशील नागरिक बन्न सक्दछन् र यसको आधार पनि यहि हो ।

नैतिक शिक्षालाई एउटै तरिकावाट परिभाषित गर्न गाह्रो हुन सक्छ । यस शिक्षा प्राप्तिका लागि केही आधारभुत तत्वहरु छन् जसलाई समय अनुरुप परिस्कृत र परिमार्जन गर्दै लैजानु आजको आवश्यकता हो । त्यसैले हामि यहाँ यस शिक्षा कस्तो हुनु पर्दछ भन्ने कुरा को बुदा गत रुपमा प्रस्ठ्याउने प्रयास गरिएको छ ।
१. यो शिक्षा मानब कल्याणका लागि हुनु पर्दछ ।
२. सामाजिक कु-सस्कार कुरिती र अन्धबिश्वासलाइ चिर्दै उज्यालो दिशा तिर उन्मुख हुनु पर्दछ ।
३. समाजमा रहेका राम्रा पक्ष लाई प्रेरित गर्ने खालको हुनु पर्दछ ।
४. समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वाबलम्बीले ठुलो भुमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिनु पर्दछ ।
५. व्यक्तिको ब्यबहार,विनम्रता , आदर, सस्कार जस्ता आधारभूत आवस्यक मान्यता हरुमा विशेष जोड दिनु पर्दछ । जसवाट वाल–वालिकाहरु भविष्यमा असल र कुसल नागरिक भै देश , समाज र बिश्व मै अनुकरणीय उदाहरण बन्न सकुन । र सबैका सामु एउटा असल नागरिक को रुपमा आफुलाई प्रस्तुत गर्न सकुन् ।


नैतिक शिक्षा आफैमा महत्वपुर्ण विषय हुदा हुदै पनि यसको प्रयोगका लागि केही चुनौतीहरु पनि रहेका छन् । जस्तै,

१) यो शिक्षालाई धर्म संग जोडिएर हेरिनु, र व्याख्या गरिनु ।
२) आदर्श एबम काल्पनिक विषयको रुपमा हेरिनु ।
३) व्यवहारिक तथा यथार्थ प्रक भन्दा पनि भावनात्मक हुनु ।
४) विज्ञानले प्रमाणित गरेका कुरा लाइ समेत आत्मसात गर्न नसक्नु ।

यस्ता चुनौतीलाई समय सापेक्ष परिवर्तन गर्दै यथार्थतामा जोड दिदै फरक ढंगवाट व्यवहारिक रुपमा वाल–वालिकालाई त्यस शिक्षा तर्फ प्रेरित गर्नु आजको अपरिहार्य आवस्यकता बन्न पुगेको छ ।

आज हाम्रो अगाडी शिक्षक (विद्यार्थीबीचको हार्दिकता को सोच को कमि देखिन्छ । त्यस्तै अभिभावक (बिद्यार्थीमा पनि, यो सबै कुरा को कारक एउटा नैतिक शिक्षा को कमि ले पनि हो । देशमा भैरहेको थुप्रै घटना क्रम लाइ पनि हामि यस संग जोडेर हेर्न सक्छौं । अपराध, स्वार्थी चरित्र , अनैतिकता आदि आदि । त्यसैले हामीले हामो घर, विद्यालय , समुदाय मा नैतिक शिक्षा लाइ विशेष महत्व दिनु पर्दछ । हाम्रा नैतिक मुल्य मान्यतालाई समय सापेक्ष प्रयोगमा ल्याउनु पर्दछ । त्यसैले नैतिक शिक्षालाइ सबै वर्ग, तप्का तथा क्षेत्रवाट एउटा अभियानको रुपमा अगाडी बढाउन सकेमा मात्र हामी र हाम्रा सन्ततीको भविष्य राम्रो हुन सक्दछ ।

अन्त्यमा हामि सबैले नैतिक शिक्षाको महत्वलाई विशेष पहलका साथ समग्र क्षेत्रमा व्यवहारिक प्रयोग गर्नु पर्दछ तव मात्र सम्पूर्ण नागरिक लाइ नैतिक वान , चरित्र वान, स्वाबलम्बी बन्नको लागि अभिप्रेरणा मिल्दछ ।

 

प्रतिकृया

प्रतिकृया