फोटो क्याप्सनः पानी जन्य आपतकाल प्राथमिक उद्धारको लागी राप्ती नदीमा रवर वोटको प्रयोग गरी उद्धार गर्न सिकाईदै । तस्विरः दशरथ घिमिरे 


दशरथ घिमिरे, देउखुरी

१६-पुस / मध्य पुस, खोला तथा नदीको पानीमा पौडन सक्ने कल्पना कमैले गर्छन् । तर, नेपाल रेडक्रससाईटी उपशाखा लालमटीयाका सभापती गंगाराम भट्टराई मध्य पुसको चिसोमा पनि राप्ती नदीको पानीमा पौडीए । उनी नदीको पानीमा पौडनुको कारण रमाईलोको लागी भने होईन् ।

हरेक वर्ष आउने वाढीका कारण नदी आसपासका वस्ती र समुदाय उच्च जोखीममा पर्ने गर्छन् । पानी जन्य आपतकाल प्राथमिक उद्धारको सिप सिक्न भट्टराई राप्ती नदीको पानीमा पौड्न पुगेका हुन् ।‘हामी रेडकर्सकर्मी हौं, हरेक वर्ष दाङ र देउखुरी उपत्यकामा पानी जन्य आपतकाल आईपर्छ, तर हामीले समन्वय गर्ने भुमिका वाहेक अरु गर्न सकेका थिएनौं, अव भने हामी पानी जन्य आपतमा फसेका मानिसहरुको सुरक्षीत उद्धारको लागी पनि खट्न सक्ने भएका छौं’उनले भने–‘यो हिउदको समयमा पनि हामीलाई बाढीकै चिन्ता छ, वाढी वाट जोगीनको लागी न्यूनिकरणका उपायहरु पहीलेनै हुनुपर्छ, वाढी वाट हुने क्षतीलाई हामीले कम गर्न सक्छौं, त्यही अनुसार समुदायका मानिसहरुको प्रतिकार्य क्षमता वढाउदै लगीएको छ ।’

विपद्मा फसेकाहरुको उद्धारको लागी पहीलो उद्धारकर्ता समुदायका मानिस स्वयम हुन् । विपद्मा परेकाहरुको सुरक्षीत उद्धारको लागी समुदायका मानिसहरुको क्षमतामा वृद्धि गर्न थालीएको छ । सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र प्रहरी र समुदायका मानिसहरुलाई एकै थलोमा राखेर पानी जन्य आपतकाल प्राथमिक उपद्धार सिप प्रदान गर्न थालीएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका प्रमुख खिलानाथ दाहालले जानकारी दिए ।‘पहिलो उद्धारक भनेकै समुदायका मानिस नै हो, विपद् परिहालेको खण्डमा उहाँहरु नै अघि सर्नुहुन्छ, समुदायका मानिसहरुलाई जिम्मेवार वनाउदै पानीजन्य आपतकालको प्राथमिक उद्धारको सिप उहाँहरुलाई प्रदान गर्न थालीएको छ’उनले भने–‘विपद् नपरोस भन्ने चाहना सवैको हुन्छ तर, विपद्लाई रोक्न सकिदैन् तर, त्यस वाट हुने क्षतीलाई रोक्नको लागी समुदाय आफै जागरुक हुन जरुरी छ ।’

स्थानीय स्रोत र साधनको प्रयोगरी लाईभ ज्याकेट, पानीमा तैरने अन्य साधनहरु निर्माण गर्न सकिन्छ । पानी खाएर फालेको मीनरवाटरको खाली वत्तल र वोराको प्रयोग गरी लाईभ ज्याकेट वनाउन सकिने र त्यसको प्रयोगवाट वाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ । डोरीमा जर्किन वाँधेर वाढीमा फसेकाहरुलाई उद्धार गर्न सकिन्छ । वाँस र खाली जर्किन वाँधेर पानीमा तैरने वनाउन सकिन्छ । त्यसवाट वाढीमा फसेकाहरुको उद्धार गर्न सकिन्छ । यही अभ्यास समुदाय स्तरमा गर्न थालीएको छ ।

गत साउन महिनामा आएको बाढीले दाङ जिल्लाका दश स्थानीय तह मध्य ७ स्थानीय तह प्रभावित हुन पुगे । राप्ती, बबई र अन्य केही खहरे खोलाका कारण जनधनको क्षती हुन पुग्यो । साउन २७ गते आएको वाढीले दाङ जिल्लामा ७ जनाको मृत्यु भयो भने, एक जना अहीले पनि हराईरहेको विवरण जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र संग छ । घर भत्कदा २ जना घाईते हुन पुगेका थिए । वाढीवाट विस्थापीतहरुको पुर्नस्थापनाको लागी स्थानीय तहवाट कामहरु भैरहेका छन् । अधिकांस स्थानीय तहले वाढी पिडितको पुर्नस्थापनाको लागी बजेट विनियोजन गरेका पनि छन् ।


 

 

प्रतिकृया

प्रतिकृया