काठमाडौँ,
२८-पुस /   प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधान कार्यान्वयनको चरणमा न्यायमा नागरिकलाई सर्वसुलभ पहुँच पु¥याउन आवश्यक रहेको बताए । 

रुकुमकोट जिल्ला अदालतको आज उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको शुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको र यो जिल्लाका नागरिकमा न्यायको पहुँच बढाउने विश्वास व्यक्त गरे । 

उहाँले न्यायपालिकाका विषयमा कतिपय अफवाह फैलाउने प्रयत्न भएको भन्दै वास्तविaता बाहिर आएपछि सबै कुराको समाधान हुने र न्याय र न्यायिक प्रक्रियाबाट अदालत विचलित नहुने बताए । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्था कार्यान्वयन भएर नयाँ संरचना निर्माण हुँदै गर्दा अभाव भए पनि समयक्रमसँगै यसले मूर्तरुप लिने बताए। 

उहाँले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको उल्लेख गरे । 

रुकुम पूर्वका प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ वर्षपछि रुकुमकोटबाट स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरि फर्कनु र आफ्नै आँगनमा अदालत पाएपछि रुकुमेली जनता खुशी भएको बताए । 

सो अवसरमा न्याय परिषद्का सदस्य पदम वैदिक, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी, रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले छिटो छरितो न्याय दिएमात्र सबैका लागि न्याय हुने धारणा राखे ।
रासस



प्रतिकृया

प्रतिकृया