प्रदेश नम्बर पाँचको राजधानी दाङमा हुन्छ र बनाउछौ भन्ने नेताहरुले अहिले ढुक्कका साथ त्यही कुरालाई दोहो-याउन सकेका छैनन् । कृष्णबहादुर महरा, शंकर पोख्रेल र डिल्लीबहादुर चौधरी दाङका नेता हुन् । र माओबादी, एमाले र कांग्रेस पार्टीका अध्यक्षको महरा, पोख्रेल र चौधरी बिश्वास पात्र समेत मानिन्छन् । तर मंगलबार एकाएक दाङमा प्रदेशको राजधानी नहुने भन्ने हल्ला पछि दाङमा आन्दोलन चर्किएको छ । यस बिषयमा नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी सँग तुलसीपुर अनलाईनकर्मी निमुसंगम घर्तीले कुराकानी गर्नुभएको छ ।

प्रदेश नम्बर ५ को राजधानी दाङमा हुनुपर्ने भन्दै आन्दोलन चर्कियो, बन्छ त राजधानी ?

उता (बुटवल) को प्रेसर धेरै भयो, प्रदेशको राजधानी यहाँ भन्ने अझै छैन । तर बुटवलको एकदमै प्रेसर भएको छ । यताबाट पनि हामीले दवावका लागि आन्दोलन गर्नुपर्छ ।

तपाई सहित कृष्णबहादर महरा, शंकर पोख्रेल दाङको नेता पर्नुभयो के पहल गर्नुभयो त त्यसो भए ?
हामीले लाग्ने कुरा प्रधानमन्त्री सँग सबै कुरा गरिनै रहेका छौ । हाम्रो तर्फबाट कोशिस भएको छ तर अब दाङमा उठ्ने आन्दोलन प्रजातन्त्रको राम्रो पक्ष हो । अहिले कम्तीमा जनता उठे भन्ने त देखाउनु प¥यो नी । आफै पनि हामी आन्दोलित छौ र दाङमा भएन भने हामी आन्दोलित हुन्छौ भन्ने पार्ने हो ।

भोली बुधबार बिहान मन्त्रीपरिषदको बैठक बस्दै छ । त्यो बैठकले के निर्णय गर्छ अस्थायी मुकाम दाङ या बुटवल ?
अहिले सम्म यही कुरा भन्ने गरि मन्त्री परिषदमा भएको छैन् । तर प्रेसर भने उता बुटवलका साथीहरु एक भएर लागेका छन् । उताका सबै नेताहरु कांग्रेस, एमाले, माओबादी सबै एक जुट भएर लागेका छन् । हामी पनि यता लाग्नु पर्छ भन्ने हो ।

दाङमा प्रदेसको राजधानी माग्दै भोली बुधबार देखी आमहडताल हुदै छ । यति बेला राजधानी सबैले माग्नु स्वभाविक पनि होला तर भोली दाङबासीले राजधानी पाउलान या गुमाउनु पर्ला ?
हामी आफ्नो तर्फबाट गर्ने आन्दोलन, दवाव सबै कुराहरु गर्नुपर्छ । यही आन्दोलन र दवावले दाङमा प्रदेशको राजधानी बन्नमा सहयोग पु¥याउछ ।

अस्ति सम्म मात्रै पनि तपाईहरुले प्रदेशको राजधानी दाङ नै बनाउछौ र हुन्छ भनेर भोट माग्नु भयो अनि जित्नु पनि भयो भोली राजधानी घोषणा हुन्छ भन्नु सक्नुहुन्छ तपाई ?
तपाईले सक्ने कि नसक्ने भन्ने भन्दा पनि हामी सबै लाग्नु पर्छ भन्ने भनाई हो मेरो ।

 


 

प्रतिकृया

प्रतिकृया