रुकुम
१२ माघ/ जिल्ला सदरमुकाम सार्ने निर्णय गरिएपछि रुकुमकोटबासी आन्दोलित भएका छन् । रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने सरकारको निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट बासी आन्दोलित बनेका छन् ।

बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखिनै जिल्ला प्रशासन कार्यालय घेराउ गरेर आन्दोलन सुरु गरेका छन् सरकारको निर्णय विरुद्ध स्थानियहरुले गएराती मसाल जुलुस समेत निकालेका थिए ।

२०७२ साल असोज ३ गते जारी भएको संविधानमा साविकको रुकुम जिल्लालाई दुई छुट्टाछुट्टै प्रदेशमा राखिएको थियो । गत असोज २० गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो ।

साविक जिल्लाको सदरमुकाम सारिएको ४४ बर्षपछि रुकुमकोटलाई छुट्टै जिल्लाको सदरमुकाम बनाइएपनि त्यो धेरै समय टिक्न नपाउने स्थिति आएको स्थानीयले बताएका छन् । यस अघिको सदरमुकाम जवरजस्त सारिएपनि अब भने कुनै पनि हालतमा सदरमुकाम सार्न नदिने स्थानियहरुको भनाई रहेको छ छ । शुक्रवार पनि सरकारले सदरमुकाम सार्ने निर्णयको विरुद्ध स्थानियहरुले आन्दोलनका कार्यक्रमहरु गरीरहेका छन ।

प्रतिकृया

प्रतिकृया